३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैदी बन्दीहरूलाई जुत्ता सिलाउने तालिम

अ+ अ-

डोटी । जिल्ला कारागार कार्यालय डोटीमा रहेका बाह्र जना कैदीबन्दीहरुलाई एक महिने जुत्ता सिलाउने तालिम प्रदान गरिएको छ ।

घरेलु विकास समिति डोटीको सहयोगमा जिल्ला कारागार कार्यालयले आयोजना गरेको तालिमको शनिवार एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको हो ।

समापन समारोहमा बोल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले सिकेको सिपलाई व्यवसायीक रूपमा प्रयोग गरी अगाडी जान सके उपलब्धि देखिने बताए । उनले भने ‘जुनसुकै सिप भए पनि सिक्नु राम्रो कुरा हो त्यसलाई प्रयोगमा ल्याउनु पर्छ अनि स्वरोजगार हुनुका साथै व्यवसायी बनिन्छ ।’

कुनै पनि मानिसले कुनै प्रकारका सिप सिक्नु भनेको ज्ञान बढ्नु, सिप बढ्नु स्वरोजगार बन्नु व्यक्ति विशेष मात्र नभई राज्यका लागि समेत फाइदाजनक हुने डोटी जिल्लाका प्रमुख जिल्ला अधिकार टेक नारायण पौडेलले बताए ।

उनले भने ‘कारागारमा रहेका केही कैदीबन्दीहरुले जुत्ता सिलाउने तालिम लिनु भयो र अन्यले पनि केही न केही सिप सिक्नुपर्छ, स्वरोजगार बन्नु पर्छ । आफू कारागारको अनुगमन आउँदा कैदीबन्दीहरुले प्राविधिक सिपका साथै अन्य भौतिक पूर्वाधार, अन्य आवश्यकताको बारेमा माग गर्ने गरेको हुँदा समस्याहरूलाई सम्बोधन गर्न विभिन्न निकायसँग समन्वय सहकार्य गरिरहेको समेत प्रजिअ पौडेलले बताए ।

सिप सिक्ने कुरा कुनै जाति विशेष र धर्म विशेष नभई सबैको लागि महत्त्वपूर्ण रहेको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासिले बताइन् । उनले भनिन ‘तपाइहरू सिप सिक्नुहोस्, नयाँ नयाँ कुरा उत्पादन गर्नुहोस् बजारीकरण गर्न सहयोग गर्छौ ।’ कैदी बन्दीहरूलाई जुत्ता सिलाई लगायतका सिपमूलक तालिमहरू सञ्चालनमा समेत सहयोग गर्ने मलासीको भनाइ थियो ।

तालिम समापन समारोहकै सिलसिलामा केही समय अगाडी कारागारभित्र जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षकको अगुवाइमा स्थापना गरिएको पुस्तकालयका लागि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले सहयोग गरेका १ सय ४४ वटा विभिन्न प्रकारका पुस्तकहरू पनि हस्तान्तरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र डोटीका प्रहरी सहायक निरीक्षक राम नाथले बताए । २५ जनाको क्षमता भएको जिल्ला कारागार डोटीमा हाल ४८ जना कैदीहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस