काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलकोटगढी नगरपालिका नुवाकोटमा कार्यरत सबइन्जिनियर बद्री भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भण्डारीले सेवाग्रहीसँग रु ३५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगका अनुसार भण्डारीले विज्ञापनबापतको कमिसनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही दिन पहिले पक्राउ गरिएको थियो । आयोगले बिगो असुल र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।