७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पानीका स्रोत संरक्षण गर्न अभियान सञ्चालन गरिने

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा खानेपानीमन्त्री बीना मगरले आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानीको आयोजनाको प्रथम चरण निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकामा वितरण गरिने बताएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत खानेपानी मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले मेलम्ची खानेपानीको प्रथम चरणको काम भइसेकको हुँदा काठमाडौँ उपत्यकामा वितरण गर्ने बताएकी हुन् ।

मन्त्री मगरले खानेपानी सेवाको गुणस्तर सुधारका आयोजनाहरु रहेका र त्यसमा खानेपानी सुरक्षा कार्यक्रम गरी छिटो, सुरक्षित र दिगो खानेपानी दिने उद्देश्य रहेको तथा काठमाडौँ उपत्यकाको खानेपानी संस्थानको सेवालाई निरन्तरता दिइने उल्लेख गरिन् ।

यस आवमा खानेपानी तथा सरसफाइका लागि रु ४३ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको छ । नेपालको ७७ वटै जिल्लामा खानेपानी सेवा परिचालन गर्न, तराईमा खानेपानीलगायतका आयोजनाका लागि बजेट छुट्याएको छ ।

मन्त्री मगरले खानेपानी तथा सरसफाइ विधेयकलाई ऐनका रुपमा ल्याएर कार्यान्वयन गर्ने गरी जलवायु परिर्वतनलगायतका कारणबाट खानेपानीका स्रोतहरु सुक्दै गएकाले स्रोतलाई संरक्षण गर्न अभियान सञ्चालन गर्ने जानकारी दिइन् ।

जलाधार क्षेत्र संरक्षण गरी खानेपानीका स्रोत संरक्षण गरी खानेपानी तथा सरसफाइ आयोजनाहरु प्रविधिमैत्री बनाइने उल्लेख गर्दै मन्त्री मगरले भनिन्, ‘एक घर, एक धारा’, ‘एक घर एक शौचालय’ को अवधारणा अगाडि ल्याउनेछ, त्यसका लागि सहकार्य, समन्वय र सहअस्तित्वका लागि तीनै तहको सरकारसँग आवश्यक परामर्श गरी योजना अघि बढाउनेछ ।’

मन्त्रिपरिषद्को गत जेठ १० को निर्णयअनुसार तराई मेधशमा १५ हजार, पहाडमा पाँच हजार, हिमाल एक हजारभन्दा बढी जनसङ्ख्यालाई खानेपानी सेवा आयोजना अघि बढाउने योजना रहेको मन्त्री मगरले जानकारी दिइन् । सांसदहरु प्रेस सुवाल, मीना पाण्डेलगायतले काठमाडौँमा मेलम्ची खानेपानी आपूर्ति जतिसक्दो छिटो आपूर्ति हुनुपर्ने प्रश्न उठाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस