काठमाडौं । गुठी विधेयकबारे विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार माइतीघर मण्डलमा गुठी सम्बद्ध विभिन्न संघसंस्थाले सामूहिक रुपमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको हो ।
गुठी विधेयकले धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै खारेजीको माग गर्दै विभिन्न संघसंस्थाको अगुवाइमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् ।