३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट, भारतको पहिलो खेल आज

अ+ अ-

साउथह्याम्प्टन । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलबार भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यस प्रतियोगितामा भारतको यो पहिलो खेल हो ।

विश्वकप जित्ने दाबेदार मानिएको भारतको टोली विराट कोहलीको कप्तानीमा रहेको छ ।

साउथह्याम्प्टनको खेल मैदानमा दक्षिण अफ्रिकाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ब्याटिङका लागि अनुकूल ठानिएको यस मैदानमा दक्षिण अफ्रिकालाई जितका लागि औसत ३५० रन बनाउनुपर्ने चुनौती हुनेछ ।

दक्षिण अफ्रिकालाई इङ्ल्यान्डले पहिलो उद्घाटन खेलमा १०४ रन तथा बंगलादेशले २१ रनले पराजित गरेको थियो । दुई खेलमा पराजित भइसकेको अफ्रिकाका लागि आजको खेल ‘गर या मर’को स्थिति रहेको छ ।

भारतीय टिममा रबिन शर्मा, शिखर धवन, विराट कोहली, केएल राहुल, केदार जाधव, एमएस धोनी, हार्दिक पान्ड्या, विनय कुमार, कुलदीप यादव, वाईएस चहल र जेजे बुमराह रहेका छन् ।

फाफ डु प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिकी टिममा हासिम आम्ला, क्वीन्टन डि कक, भान डर डुसेन, डेभिड मिलर, जेपी डुमिनी, एएल फेलुक्वायो, क्रिस मोरिस, कागिसो राबाडा, इमरान ताहिर र टी शाम्सी रहेका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस