८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु मदिरामा चप्पल, पिसाब र प्याड

अ+ अ-

नारायणपुर । लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् ।

गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमा नै अपराध बढ्न थालेपछि अभियान शुरु गरिएको घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले बताए । ‘सात वर्षका बालबालिकादेखि ७० वर्षसम्मका वृद्धले समेत मदिरा सेवन गर्न थाले, मदिरा सेवनले गाउँमा दैनिक होहल्ला हुन थाल्यो । झैझगडा र कुटपिटले घरेलु हिंसा बढ्यो’, वडाध्यक्ष सार्कीले भने, ‘दैनिक झगडा हुने र मिलापत्रका लागि जनप्रतिनिधिले आधा समय त्यसमा खर्चिनुपर्ने अवस्था आयो ।’

वडाका विभिन्न टोलमा गरेर अहिलेसम्म पाँच हजार लिटरभन्दा बढी उत्पादित घरेलु मदिरा र कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको बाह्रहाङ्गे टोल विकास संस्थाका रिखा घर्तीले बताए । ‘गाउँमा बस्न नसक्ने भइयो, दिउँसै रक्सी खाएर बाटामा पल्टिने, बेलुका घरमा झगडा गर्ने र अर्को दिन मिलापत्र गराइदिनुपर्ने दैनिक कामजस्तै भयो’, घर्तीले भने, ‘कति दिन सहने रु सबै समस्याको एउटै कारण घर पालुवा रक्सी हो भन्ने हामीलाई लाग्यो, त्यसपछि रक्सी फाल्ने अभियान शुरु भयो ।’

अभियानको पहिलो दिन दुई हजार ५०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । बिहीबार पनि विभिन्न टोलमा पुगेर मदिरा नियन्त्रणमा लिएको अस्थायी प्रहरी चौकी गोग्लीका इन्चार्ज विष्णुबहादुर बुढाथोकीले बताए । घोराही उपमहानगरपालिका–४ बाह्रहाङ्गे, माथिल्लो भकारे र तल्लो भकारे, त्यसैगरी माझडाँडा, डाँडागाउँ, ढुङ्गेडाँडा, फल्लेडाँडा, राजधानी टोल, पारखेतलगायतका टोलमा पुगेर मदिरा नियन्त्रण अभियान चलाइएको इन्चार्ज बुढाथोकीले बताए ।

घरमै उत्पादन गरेर बिक्रीवितरण हुने मदिरामा महिला महीनावारी हुँदा प्रयोग गरिने प्याड, पुराना चप्पल, पुराना कपडा र पिसाब मिसावट हुने गरेको वडाध्यक्ष सार्कीले बताए । नियन्क्रणमा लिएर नष्ट गर्ने त्रममा कच्चा पदार्थ राखिएका ड्रमभित्र प्रयोग गरिएका सेनेटरी प्याड, पुराना चप्पल, कपडा भेटिएको उनले बताए । साथै कच्चा पदार्थसँगै राखिएको अवस्थामा अभियानकर्मीले एक ग्यालिन मानिसको पिसाबसमेत बरामद गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज बुढाथोकीले बताए ।

घरेलु मदिराको विरुद्धमा स्थानीय रूपमा सञ्चालन भएको अभियानले छापा मार्दा केही घरमा चप्पल मिसाइएको जाँड बरामद गरेको थियो भने एक ग्यालिन मानिसको पिसाब सङ्कलन गरेर राखिएको अवस्थामा फेला पारिएको थियो । टोल विकास संस्थाका पार्वती रानाले रक्सी पार्न राखिएको जाँडको ड्रमभित्र दुई जोर चप्पलसमेत भेटिएको बताए । ‘रक्सी पार्नका लागि राखिएको जाँडमा पुराना चप्पल राखिएको रहेछ, त्यो फाल्ने क्रममा भेटियो’, उनले भने, ‘एउटा घरमा एक जर्किन मान्छेको पिसाब सङ्कलन गरेर राखिएको थियो ।’

प्रहरीले त्यो पिसाब रक्सीमा मिसाउनका लागि राखिएको हुनसक्ने बताएको छ । त्यसका लागि प्रहरीले अनुसन्धान गर्ने र त्यस्तो गतिविधि गर्नेलाई कारवाही गरिने प्रहरी चौकी गोग्लीका इन्चार्ज बुढाथोकीले बताए । वडाध्यक्ष भीमबहादुर सार्कीले घरेलु मदिराले उत्पन्न गरेको अपराधलाई न्यूनीकरण गर्न मदिरा फाल्ने अभियान शुरु भएको भन्दै यसलाई नियमितरूपमा अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस