८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल विश्वको धार्मिक केन्द्र हो : उपराष्ट्रपति पुन

अ+ अ-

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल विश्वकोे धार्मिक अस्थाको केन्द्र भएकोे बताएका छन् । ‘यदुवंशी उत्थान समाज नेपाल’ले हरिपुर नगरपालिका–४ स्थित हरैयामा निर्माण गर्न लागेको कृष्ण मन्दिरको आज शिलान्याश गर्दै उनले हिन्दू धर्मावलम्बीका लागि आस्थाको केन्द्र जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथ रहेको छ भने बौद्ध धर्मावलम्बीका लागि शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बनी पनि नेपालमै रहेको बताए ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधिताले भरिपूर्ण भएको मुलुक भएको बताउँदै उपराष्ट्रपति पुनले भने, ‘संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो अस्थाअनुसारको धर्म अवलम्बन गर्ने स्वतन्त्रता दिएको छ तर कसैले धर्म परिवर्तन गराउन बाध्य पार्न पाउँदैन ।’

धार्मिक सद्भाव, एकता र पारस्परिक हितअनुरुप बलियो राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउँदै उनले धार्मिकस्थलको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण गर्नसके आर्थिक समृद्धि ल्याउन सकिने धारणा राखे ।

सो अवसरमा उपराष्ट्रपति पुनलाई आयोजक यदुवंशी उत्थान समाज नेपालले नागरिक अभिनन्दनसमेत गरेको थियो । कार्यक्रममा मिथिला–मधेशको धार्मिक तथा ऐतिहासिक भिझिँया नाच प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस