३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचआइभी सङ्क्रमित सिरिन्ज प्रयोग गरेको आरोपमा चिकित्सक पक्राउ

अ+ अ-

कराँची । पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताए । उनले ती चिकित्सकलाई समेत एचआइभी सङ्क्रमण रहेको सूचना प्राप्त भएको जानकारी दिए ।

कराची बाहिरको लर्काना शहरका १८ जना बालबालिकामा एचआइभी सङ्क्रमित भएको पाइएपछि स्वास्थ्य अधिकारीहरुले थप अनुसन्धान गरेका थिए । त्यसपछि दर्जनौं अरु सङ्क्रमितहरु भेटिएका थिए ।

सिन्ध प्रान्तका स्वास्थ्य मन्त्री अजरा पेचुहोले पनि चिकित्सक पक्राउ परेको जानकारी दिए । सङ्क्रमित बालबालिकाका बाबुआमाको पनि रक्त परीक्षण गरिएको तर उनीहरुमा एचआइभी देखिएन, मन्त्री पेचुहोले भने ।

पाकिस्तानमा एचआइभी सङ्क्रमितको संख्या कमै छ तर पछिल्लो समय यो फैलिने क्रम जारी छ । खासगरी सिरिन्जबाट लागूऔषधका प्रयोगकर्ता, यौनकर्मी र खाडी राष्ट्रबाट फर्किएका आप्रवासी कामदारमा एचआइभी भेटिने गरेको छ ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस