गण्डकी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले एक स्थानीय तह एक उद्योग ग्रामको योजनालाई प्राथमिकतामा राखेको बताएका छन् ।
प्रदेश मन्त्रालयले आयोजना गरेको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले प्रदेशका ८५ वटै स्थानीय तहमा उद्योग ग्राम सञ्चालन गरिने जानकारी दिए । नेपाल सरकारका सहसचिव दिनेश भट्टराईले कर्मचारीले सरकार र जनभावनाअनुरुप काम गर्नुपर्नेमा जोड दिए ।
प्रदेश मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले गोष्ठीले विगतको समीक्षा गर्दै भावी रणनीति तय गर्ने जानकारी दिए । मङ्गलबारसम्म चल्ने गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका मन्त्रालयअन्तर्गतका उद्योग अधिकृतको सहभागिता छ ।