९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७३ वर्षमा नागरिकता, बल्ल पाइने भो भत्ता

अ+ अ-

डोटी । कुनै बेला नागरिकता नपाएर छटपटिएका जिल्लाको जोरायल गाउँपालिका–२ का पुरनसिंह खत्री हिजोआज निकै खुशी भएका छन् । जीवनको उत्तरार्धमा पुगेका खत्रीले लामो समयपछि नेपाली नागरिकता पाउँदा खुशी भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको सहकार्यमा उनकै घर नजिक एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि उनले ७३ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका हुन् । नातिनातिनाले नागरिकता पाए पनि उनले नागरिकता लिन जिल्ला सदरमुकाम सिलगढीसम्म जान नसक्दा अहिलेसम्म नागरिकता पाएका थिएनन् । एकीकृत घुम्ती शिविरले घरैमा नागरिकता दिएपछि खुशी भएका खत्रीले भने, ‘अरु कुरो त छोडौँ नागरिकता नपाएरै मर्छु भन्ने सोचेको थिएँ, नागरिकता घरैमा दिए दिनेलाई धन्यवाद ।’

नागरिकता पाएसँगै खत्रीले अब सामाजिक सुरक्षाभत्ता अर्थात् वृद्धभत्ता पनि सहजै पाउनु हुनेभएको छ । नागरिकता नभएर भत्ता नपाउँदा आफ्नो जीवन निर्वाह गर्न निकै समस्या भएको बताउँदै खत्रीले भने,’नागरिकता पाएँ, अब मर्ने बेला सरकारको पैसा पनि खान पाउने भएँ, योभन्दा अरु खुशी के नै होला र ?’ खत्रीले घरैमा नागरिकता पाएसँगै उनको परिवारमा पनि खुशियाली छाएको छ ।

उक्त गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरमा ४७५ महिला र ३५३ पुरुष गरी ८२७ अन्य नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । नागरिकता लिनका लागि जिल्लासम्म आउन नसक्ने अवस्थाका सो गाउँपालिकाका केही स्थानीय बूढापाका घरैमा नागरिकता पाएसँगै हर्षितसमेत भएका छन् ।

जनताको घरदैलोमा सरकारको उपस्थिति गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी तथा शिविरका संयोजक टेकनारायण पौड्यालले बताए । उनले भने, “ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्षरूपमा सेवा पुगोस् भनेर हामीले घुम्ती शिविर सञ्चालन गर्दै आएका छौँ, नागरिकले पनि घरैमा सेवा पाएर सरकार भएको अनुभूति गर्न थालेका छन् ।’

गाउँपालिकामा मङ्गलबारदेखि सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा जिल्लामै सबैभन्दा बढी अर्थात् ठूलो परिमाणमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नुका साथै अन्य सेवा पनि उपलब्ध गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने,’जिल्लामा सञ्चालन भएका शिविरमध्ये हाम्रो गाउँपालिकामा सबैभन्दा बढी नागरिकले नागरिकता पाएका छन्, यो आफैँमा राम्रो पक्ष हो ।’

जिल्ला प्रशासन कार्यालय डोटीले दिएको जानकारीअनुसार शिविरमा ८२७ ले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, ६९ को स्वास्थ्योपचार तथा चेकजाँच, ६२ जनाले आयुर्वेद सेवा, १३३ ले पशुसेवा, ६० ले कृषि सेवा पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच सहकार्य गरेर डोटीमा पहिलोपटक बोगटान गाउँपालिकाबाट शुरु गरिएको एकीकृत घुम्ती शिविर क्रमशः सायल गाउँपालिका, आदर्श गाउँपालिका हुँदै चौथो स्थानीय तहको रुपमा जोरायल गाउँपालिकामा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस