५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै नगरपालिकाबाट ‘संघले पठाएका कर्मचारी फिर्ता पठाउन सक्ने’ चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु(श्रेष्ठ)ले सबै नगरपालिकाले संघबाट पठाइएका कर्मचारी फिर्ता पठाउन सक्ने चेतावनी दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको संयुक्त आयोजनामा मङ्गलवार राजधानीमा आयोजित ‘संघीय पद्धति सुदृढीकरणमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मेयर बेञ्जुले सो कुरा बताएका हुन् ।

‘यस्तै प्रवृत्ति भयो भने २ सय ९३ वटै नगरपालिकाले फिर्ता पठाउँछ’ ब्यञ्जुले भने ‘तपाईँ आउनुस् वा नआउनुस् हामीलाई सरोकार छैन ।’

संघले दरबन्दी नै नभएका कर्मचारीलाई स्थानीय तहमा पठाई रहेको प्रति आपत्ति जनाउँदै उनले कार्यक्रममा उपस्थित सामान्य प्रशासन मन्त्रीलाई प्रश्न गर्दै भने ‘दरबन्दी नै नभएको सातौँ तहको लेखाको कर्मचारी मन्त्रालयले कसरी पठायो मन्त्रीले जवाफ दिनुपर्‍यो कुन कानूननले पाउँछ ?

कर्मचारी समायोजन भएर तेरिज आएर दरबन्दी नै सिर्जना भईसकेपछि कर्मचारी पठाएको उनको भनाई छ ।

मेयर ब्याञ्जुले एक तह बढुवाप्रति पनि असन्तुष्टि जनाएका छन् । सामान्य प्रशासन मन्त्रालयले ‘निजामती कर्मचारी मात्रै हाम्रो कर्मचारी हो र स्थानीय तहमा भएको कर्मचारी हाम्रो कर्मचारी होइन भनेर विभेद पैदा गरेको’ उनको आरोप छ ।

‘निजामती महाराजा हो । उसले एक तह बढुवा खानुपर्ने ? हाम्रा तलका कर्मचारी त्यसै काम गर्नुपर्ने ? विभेद भएको छ । सोच्नु पर्ने छ’ मेयर ब्याञ्जुले आक्रोश हुँदै भने ‘यसले स्थानीय तहका कर्मचारीमा काम गर्ने उत्साह छैन ।’ हेर्दा सामान्य जस्तो लागेपछि यसले ठुलो समस्या पैदा गरेको बताउँदै उनले भने ‘यो विभेदलाई कसरी सम्बोधन गर्नुहुन्छ ?’

उनले कर्मचारी समायोजनमा प्रयोग गरिएको सफ्टवेयरमासमेत आशंका पैदा गरे । ‘मन्त्रीज्यूले त भाषण गर्नु भएको थियो नि सफ्टवेयरले कर्मचारी समायोजन हुन्छ भनेर ? कहाँ गयो तपाईँको सफ्टवेयर ? किन आज असन्तुष्टि पैदा भएको छ’ ब्याञ्जुले भने ‘मन्त्रालयले गरेको समायोजनको प्रक्रिया न्यायोचित भएन । नगरपालिका संघ एकदमै दुखी छ ।’

समायोजनमा कमजोरी भएको औँल्याउँदै ‘यहाँ केही कमजोरी छन् । हामी कि पवित्र छैनौ कि हाम्रा नियतहरू खराब छन् । कि हामी मनोपली ढङ्गले काम गरिरहेका छौँ ?’ उनले भने ‘हामी शुद्ध छौँ भने पारदर्शी ढङ्गले किन काम गर्न सकेनौँ ।’

स्थानीय तहमा काम गर्न निकै गारो भइरहेको बताउँदै उनले अन्तमा भने ‘बिरालोलाई पनि बाँधेर कुट्यो भने घाँटीमा समात्छ ।’

यस सम्बन्धी विस्तृत भिडियो केही समयमा प्रशारण हुने छ ।

प्रतिक्रिया दिनुहोस