काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-१ साङलाछापमा बिद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौं बौद्ध बस्ने सर्लाही घर भएका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको छ ।
साथै करेन्ट लागेर घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।