१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी व्यवस्थापन गर्न नसक्दा गाउँपालिकामा समस्या

अ+ अ-

जीतपुर । कपिलवस्तुको मायादेवी गाउँपालिकामा शिक्षाको क्षेत्रमा काम गर्नका लागि अहिलेसम्म कर्मचारी व्यवस्थापन गर्न नसके पनि गाउँपालिकाले आफ्नै प्रयासमा शिक्षाका काम गर्न थालेको छ ।

यसअघि शिक्षा कार्यालयका तर्फबाट स्रोत व्यक्तिले शिक्षा शाखाको जिम्मेवारी सम्हाले पनि सरकारले स्रोत व्यक्तिलाई विद्यालय फिर्ता गरेपछि अहिले शिक्षाको काम गर्ने कुनै पनि व्यक्ति कार्यालयमा रहेका छैनन् । तर पनि गाउँपालिकाले शिक्षाका आफ्ना नियमित गतिविधि सञ्चालन गर्ने योजना बनाएको छ ।

सरकारले कर्मचारी व्यवस्थापन गर्न सकेको छैन, धेरै काम रोकिएको भए पनि आफूहरुले प्रयास जारी राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताए ।

जिल्लाको मायादेवी मात्र हैन शुद्धोधन गाउँपालिकामा पनि अहिलेसम्म शिक्षाको काम गर्नका लागि कर्मचारी पुगेका छैनन् । जिल्लाका बाणगङ्गा, बुद्धभूमि, शिवराज नगरपालिकाबाहेकका अन्य क्षेत्रमा शिक्षाका लागि कर्मचारी अपुग नै देखिएका हुन् ।

यस वर्ष वैशाख २ देखि १४ गतेसम्म बालबालिकालाई मुस्कानसहितको भर्ना अभियान, विद्यालय स्वागत कार्यक्रम र मसान्तसम्म घरदैलो कार्यक्रम सञ्चालन गरिने भएको छ । अभियानलाई सहयोग पुर्‍याउन सिद्धार्थ सामाजिक विकास केन्द्र, दलित सामाजिक विकास केन्द्र, सनसाइन समाजिक विकास केन्द्र, लिडो संस्था र ग्लोबल एक्सन नेपालले सहयोग पु¥याउने भएका छन् ।

सबै बालबालिकालाई नेपाल सरकारले प्राथमिकस्तरसम्मको शिक्षा निःशुल्क र अनिवार्य उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेअनुसार गाउँपालिकाको ८ वटा वडामा अभियान सञ्चालन गर्न लागेको हो ।

कपिलवस्तु जिल्लामा यस वर्षको भर्ना अभियानमा अभिभावक सचेतनाका लागि घरदैलो कार्यक्रम, सडक नाटक, स्थानीय भाषा र स्थानीय परिवेशअनुसार प्रचार प्रसारका सामग्री निर्माण, ¥याली,अन्तक्रियासहित केही नयाँ कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ । सरकारले हरेक वर्ष विद्यालय भर्ना अभियानलाई सञ्चालन गर्दै आए पनि जिल्लामा अझै पनि धेरै बालबालिका विद्यालयबाहिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस