१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा ट्राईल स्थलको शिलान्यास

अ+ अ-

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ राजपुरमा पहिलो पटक ट्राईल स्थलको शिलान्यास गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सीँ बोहराले आइतबार एक कार्यक्रमका बिच ट्राईल स्थलको शिलान्यास गरेका हो ।

यातायातको लाइसेन्सको परीक्षा यतै दिन पाउने भएपछि डोटी, अछाम र बाजुराका नागरिक लाभांवित हुने भएका छन् । यसले अत्यन्तै पहाडी क्षेत्रबाट जुन सवारी साधनहरू आउने, नयाँ दर्ता हुने, लाइसेन्स उपलब्ध गराउने काम समेत ट्राईल सेन्टर यतै निर्माण हुने समेत सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बोहराले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका जो हिजोदेखि डोटी जिल्लामा रहेका कार्यालयहरू यथावत् रूपमा सञ्चालन गर्ने साथै नयाँ संरचनाहरू पनि निर्माण गर्नमा अगाडी बढ्ने कुनै पनि सेवा दिनमा आफू पछाडि नहट्ने सुदूरपश्चिम प्रदेश सभाले निर्णय गरेको समेत उनले बताए ।

दिपायलबाट राजधानी सारेर कैलाली लगिएकोमा पीडा बोध गर्दै डोटीमा रहेका सरकारी कार्यालयहरूमा सेवा सुविधा बिस्तार गरी सरकारले डोटेली र पहाडी जनतालाई राहतको महसुस हुने जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐरले बताए ।

मोटरसाइकल तथा जिपको लाइसेन्सका लागी यतै परीक्षण गर्नका लागी भौतिक संरचनाको निर्माण कार्य दिपायल सिलगढी नगर विकास समितिको जमिनमा बन्न लागेको हो ।

ट्राईल सेन्टर निर्माण कार्यलाई तीव्रता दिई आगामी असार महिनादेखि सवारी चालक अनुमति पत्र प्रदान गर्ने गरी काम अगाडी बढाइएको यातायात व्यवस्था सेवा कार्यालय डोटीका कार्यालय प्रमुख ध्रुव दयालले जानकारी दिए ।

डोटीमा स्थापना भएको उक्त कार्यालयले सवारी दर्ता नवीकरण, बाटो इजाजत पत्र सम्बन्धी काम, यातायात सेवा पञ्जीकृत सम्बन्धी काम, सवारी जाँच पास, सेती यातायातबाट जारी भएका लाइसेन्स नवीकरण, पट्के बाटो इजाजत, सवारी अनुगमन लगायत कार्यहरू गर्दै आइरहेको छ ।

कुल २७ लाख ८१ हजारको लागतमा बन्ने ट्राईल सेन्टरको डालीमा निर्माण सेवा, धनगढी कैलालीले निर्माण सम्बन्धी ठेक्का पाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, डोटीका प्रमुख जिल्ला अधिकारी, दिपायल सिलगढी नगरपालिका का उपप्रमुख, जनप्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस