११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक समितिमा मुद्दाको चाप

अ+ अ-

खलङ्गा । बिहान १० देखि ११ बजेसम्म गाउँपालिकामा पुगिसक्दा त्यहाँ विभिन्न काम लिएर स्थानीयवासी पुगिसकेका हुन्छन् । अन्य कामका अलावा विभिन्न किसिमका विवाद र झगडाको बारेमा अहिले न्यायिक समितिले धमाधम काम अघि बढाएपछि गाउँपालिकामा भीड लाग्न थालेको हो ।

जिल्लाको तातोपानी गाउँपालिकामा दैनिकजसो विभिन्न प्रकारका मुद्दा लिएर आउने सेवाग्राही बढ्दो छन् । गाउँपालिकाका उपाध्यक्ष गङ्गादेवी उपाध्याय विभिन्न जिम्मेवारीमध्ये न्यायिक समितिको काममा निकै सक्रिय छन् ।

कहिले घरपरिवारका त कहिले विभिन्न विवादका विषय ल्याएर मानिस न्याय माग्न गाउँपालिकामा आउने भएकाले सो कामले प्राथमिकता पाएको छ ।

न्यायिक समितिले न्याय सेवाको काम थालेपछि यो वर्षमा गाउँपालिकामा एक सय बढी मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी जग्गाजमीन र सीमा सम्बन्धि मुद्दा आउने गरेको गाउँपालिका उपाध्यक्ष उपाध्यायले जानकारी दिए ।

उनका अनुसार कतिपय व्यवहारिक विषय हुन्छन्, कति सूचनाको कमजोरी अर्थात एक अर्काको दृष्टिकोण नकारात्मक हुने भएकाले बसेर छलफल गरी टुङ्ग्याउने गरिएको छ ।

उपाध्यक्ष गङ्गादेवी भन्छिन्, ‘न्यायिक समितिलाई अधिकार दिएअनुसारको काम गर्न पछिल्लो समयमा निकै सजिलो भएको छ ।’ स्थानीय स्वायत्तशासन सञ्चालन कार्यविधि २०७४ ले गरेको व्यवस्था अनुसारको अधिकारलाई मात्रै हेरेर अगाडि बढ्ने हो भने काम गर्न सजिलो हुने उनको भनाइ थियो ।

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा नमिलेका समस्या पनि आउने गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौैपानेले जानकारी दिए । यसैगरी स्थानीय तहमा पछिल्लो समयमा विस्तारै न्यायिक समितिका काम बढ्न थालेको छ ।

न्यायिक समितिको कानूनी सल्लाहाकारमा अधिवक्ता देवीबहादुर सेजुवाल ताकेका छन् । केही समस्या भएपछि अधिवक्ता तथा कानूनी सल्लाहकारसँग समन्वय गरी काम अघि बढाइएको उनले बताए।

उपाध्यक्षले राजश्व, बजेट योजना, अनुगमन र गैरसरकारी संस्थासहित पाँच समितिको नेतृत्वसमेत गर्नुपर्ने भएकाले अझै समयको चाप निकै रहेको बताइएको छ । जुम्लाका आठ स्थानीयतहमा महिला नै न्यायिक समितिको संयोजक छन् ।

प्रतिक्रिया दिनुहोस