१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हेपाटाइटिस बी’ समस्याबाट पीडित उपल्लो डोल्पावासी

अ+ अ-

डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो भोटमा ‘हेपाटाइटिस बी’ को बिकराल समस्या देखिएको छ ।

डोल्पो बुद्ध गाउँपालिकाको आयोजनामा सो गाउँपालिकाअन्तर्गत पर्ने धो, तिन्जे, सिमेन्टलगायत स्थानमा गत वर्ष वैशाखमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ८० स्थानीयवासीको स्वास्थ्य जाँचगर्दा २२ जनामा हेपाटाइटीस बी पोजेटिभ देखिएको थियो ।

‘शिविर सञ्चालन हुनुभन्दा केही हप्ता अगाडि उपल्लो डोल्पाकै दुई जनाको उपचारका क्रममा हेपाटाइटीस बीबाट जिल्ला अस्पतालमा मृत्यु भएपछि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो’, जिल्ला अस्पताल डोल्पाका डाक्टर हिमबिक्रम शाहीले भने, ‘ त्यहाँका नागरिकमा यस्तो सरुवा रोगको संकेत देखिएपछि चिकित्सकसहितको टोलीले रगत परीक्षणका लागि त्यस क्षेत्रमा खटाइएको थियो ।

उपल्लो डोल्पाको विकट क्षेत्रमा केही संक्रमित व्यक्तिबाट यो रोग फैलिँदै गएको अनुमान चिकित्सकको छ । हेपाटाइटीस बी पोजेटिभ देखिएका सबै व्यक्तिलाई रोगको विषयमा कुनै पनि जानकारी छैन ।

रगत परीक्षणपछि संक्रमित व्यक्तिलाई हेपाटाइटीस बी पोजेटिभ रोग देखिएको सम्बन्धमा स्थानीयवासीसँग सोध्दा यसबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएको चिकित्सक शाहीले जानकारी दिए ।

रोगी व्यक्तिसँग असुरक्षित यौन सम्पर्क गर्दा, रगत आदनप्रदान गर्दा र रोगी व्यक्तिले प्रयोग गरेको सुइ, सिरिन्ज, ब्रसहरु विना नर्मलीकरण प्रयोग गर्दा यो रोग सर्ने चिकित्सकको भनाइ छ ।
तर हात मिलाउँदा, अंकमाल गर्दा यो रोग नसर्ने उनीहरुको दाबी छ ।

आगामी वैशाखमा संक्रमित क्षेत्रमा पुनः निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिने लक्ष्य लिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

उपल्लो डोल्पालीको बिहेवारी आफ्नो गाउँ ठाउँमामात्रै हुने भएकाले उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध गाउँपालिकामात्रै नभइ शे–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकामा पनि यो रोगका विरामी हुन सक्ने अनुमान चिकित्सक शाहीको छ ।

प्रतिक्रिया दिनुहोस