११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३ प्रतिशत जनता स्वच्छ पिउने पानीबाट वञ्चित

अ+ अ-

चिप्लेढुङ्गा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले समुन्नत समाजका लागि स्वस्थ नागरिक हुनुपर्ने बताएका छन् ।

नेष्डो समृद्ध लघुवित्तीय संस्था लिमिटेडको आयोजनामा पोखरामा भएको ‘उपभोक्ताको आर्थिक समृद्धिका लागि सकारात्मक सोचमा आधारित प्रभावकारी वित्तिय सेवा’ विषयको राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले संविधानले दिएको १६ मौलिक अधिकारभित्र स्वच्छ खानेपानी पनि बताए ।

सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङले खानेपानी र सरसफाइ जीवनको महत्वपूर्ण पक्ष भएकाले राज्यले विशेष ध्यान दिनुपर्ने बताए।

सुदूरपश्चिम प्रदेशसभा सदस्य मीना साउदले खानेपानी नागरिकको जीवनचर्यासँग जोडिएको महत्वपूर्ण पाटो भएकाले यस सम्बद्ध नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले अझै पनि १३ प्रतिशत जनता स्वच्छ पिउने पानीबाट वञ्चित रहेकाले राज्य यसप्रति संवेदनशील बन्नुपर्ने धारणा राखे ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले खानेपानी र सरसफाइमा सचेतना जगाउन सञ्चारमाध्यम प्रभावकारी बन्दै गएको बताए ।

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो)का संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईँले संस्थाले १७ जिल्लामा ५६ शाखा मार्फत ८० हजार महिला तथा विपन्न परिवारको चेतना, सङ्गठन एवं आयआर्जन गर्दै जीविकोपार्जनमा सुधार ल्याउन भूमिका खेलेको बताए।

नेष्डोका उपाध्यक्ष विश्वबन्धु प्रसाईँले नेष्डो नेपालको आर्थिक सहयोग, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको संयोजन र पर्वत शाखाको आतिथ्यतामा भएको दुईदिने राष्ट्रिय कार्यशाला गोष्ठीमा झण्डै ५० जिल्लाका एक सय प्रतिनिधिको सहभागिता रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस