११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

अ+ अ-

डोटी । यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ ।

डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो ।

गाउँपालिका आफैंले सञ्चालनमा ल्याएका बसमा सो सुविधा दिने निर्णय गरेको सो गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने, ‘हाम्रो गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकलाई यात्रा गर्न सहज होस् भन्नका लागि हामीले निःशुल्क रुपमा यातयात सेवा उपलब्ध गराउने छौँ ।’

परिचयपत्रका आधारमा उनीहरुले सो सुविधा प्राप्त गर्न सक्ने गाउँपालिकाले जनाएको छ । यसरी निःशुल्क यातायात सेवा उपलब्ध गराउने सो गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका भएको छ । यसभन्दा पहिले जिल्लाका शिखर नगरपालिकाले पनि ज्येष्ठ नागरिक र पत्रकारलाई निःशुल्क रुपमा यातायात सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।

‘ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा यातायात सेवा उपलब्ध गराएपछि स्थानीयवासी खुशी भएका छन्’, पूर्वीचौकी गाउँपालिका–१ का चक्रबहादुर कठायतले भने, ‘गाउँपालिकाले राम्रो निर्णय गरेको छ, जो आफैँमा स्वागतयोग्य काम हो ।’

उक्त गाउँपालिकाले केहि महिनाअघि मात्र स्थानीयवासीको सहजताका लागि लाखौँ खर्चेर दुई वटा बस सञ्चालनमा ल्याएको थियो । ती दुबै बस अछामको चौखुट्टेदेखि दीपायलको पिपल्ला बजारसम्म सञ्चालन भइरहेका छन् ।

गाउँपालिकाका बसहरुले खासै राम्रो फाइदा कमाउन नसके पनि स्थानीयवासीलाई निकै राहत पुगेको सो गाउँपालिकाका अधिकृत टेकबहादुर खड्काले बताए ।

उनले भने, ‘बस सञ्चालनले खासै आम्दानी त गर्न सकेको छैन तैपनि गाडी नपाएर हैरान हुने स्थानीयवासीलाई भने राम्रै सेवा पुगेको छ ।’ डोटीमा अहिले दीपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाले आफ्नै निजी बसहरु किनेर सञ्चालनमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस