११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ वर्षे ग्रेटा थन्बर्ग नोबेल शान्ति पुरस्कारका लागि मनोनयन सूचीमा

अ+ अ-

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी एक स्कुले किशोरी पनि मनोनयनमा परेकी छन् ।

ग्रेटा थन्बर्ग नाम गरेकी बालिकालाई अन्तर्राष्ट्रिय अभियान जलवायु परिवर्तनको क्षेत्रमा योगदान पुर्‍याएवापत मनोनयन सूचीमा राखिएको हो ।नर्वेका तीन जना सांसदले उनलाई मनोनित गरेका हुन् ।

यदि उनले जितिन् भने पाकिस्तानकी मलाला युसाफजाईको रेकर्ड तोडिनेछ । मलालाले १७ वर्षको उमेरमा नोबल शान्ति पुरस्कार जितेकी थिइन् । थन्बर्गले मनोनयनमा परेकोमा सम्मानित महसुस गरेको बताएकी छन् ।

नर्वेका सांसद फ्रेडी एन्ड्रे ओभ्स्टगार्डले एएफपीलाई भने, ‘हामीले ग्रेटा थन्बर्गलाई मनोनित गरेका छौं किनकी यदि हामीले जलवायु परिवर्तन रोक्न केही गरेनौं भने यसले युद्ध, कलह र शरणार्थी समस्याको उत्पादन गर्नेछ ।

शुक्रबार हजारौं स्कुले विद्यार्थीले संसारका १०० भन्दा बढी देशमा जलवायू परिवर्तन विरुद्ध प्रदर्शन गरिँदै छ ।

थन्बर्गले सुरु गरेको ‘फ्राइडे फर द फ्यूचर’ नामक अभियान अन्तरगत यो प्रदर्शन गरिएको हो । आजको कार्यक्रम अहिलेसम्मकै सबैभन्दा ठूलो हुने थन्बर्गले दावी गरेकी छन् ।

थन्बर्गले ट्विटरमा आफूलाई ‘१६ वर्षकी जलवायु कार्यकर्ता’ भनेर चिनाएकी छन् । उनले गत वर्षको अगष्टमा स्वीडेनको सांसद अगाडि पहिलोपटक आफ्नो समुहसहित प्रदर्शन गरेकी थिइन् । त्यसयता उनले हरेक शुक्रबार विभिन्न कार्यक्रम गर्दै आएकी छन् ।

गत डिसेम्बरमा पोल्यान्डमा आयोजित राष्ट्रसंघीय जलवायू वार्तामा सम्वोधन गर्ने मौका पाएपछि उनीप्रति विश्व समुदायको ध्यानाकृष्ट भएको थियो । यसैगरी जनवरीमा उनले डाभोसमा आयोजित वल्र्ड ईकोनोमिक फोरममा पनि सम्वोधन गरिन् ।

नोबेल शान्ति पुरस्कारका लागि राष्ट्रिय राजनीतिज्ञ, अन्तर्राष्ट्रिय अफिसियल, प्राज्ञ तथा विगतका विजेताहरुले सम्भावित व्यक्तिहरुको मनोनयन गर्न सक्छन् । यो पुरस्कार आगामी अक्टोबरमा घोषणा गरिने छ भने डिसेम्बरमा प्रदान गरिने छ । नर्वेको राजधानी ओस्लोमा नोबेल पुरस्कार वितरण गरिन्छ । सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि ३०१ जना मनोनयनमा परेका छन् जसमध्ये २२३ व्यक्ति र ७८ संस्था छन् ।

प्रतिक्रिया दिनुहोस