१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमि अधिकारको समस्या समाधान हुन्छ : अध्यक्ष दाहाल

अ+ अ-

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमि अधिकारको समस्या वर्तमान सरकारले समाधान गर्ने बताएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौती भए पनि भूउपयोग नीति अघि बढ्ने र भूमिसम्बन्धी समस्या समाधान हुने बताए।

वर्षौँदेखि जमीनमा रगत र पसिना बगाएका किसानलाई जमीनको मालिक बनाउनुपर्ने उनको भनाइ थियो । उनीहरूलाई अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्नेमा अध्य प्रचण्डले जोड दिए । दश वर्षसम्म भूमि सुधारकै लागि आफूहरूले संघर्ष गरेको र नेपालमा आर्थिक समृद्धिसँग भूमिसुधार प्रत्यक्ष जोडिएको उनले बताए ।

‘भूमिसम्बन्धी समस्या समाधान गर्न नसके सरकारमा बस्नुको औचित्य हुँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘समस्याको दीर्घकालीन समाधानका लागि कम्युनिष्ट पार्र्टीकै सरकारले पहलकदमी लिनुपर्छ ।’

घोषणापत्रलाई विश्वास गरेर जनताले आफूहरूलाई जिम्मेवारी दिएको उनले प्रष्ट पारे । ‘यस अवधिमा भूमि समस्या समाधान, औद्योगिकरण, उत्पादन वृद्धि, रोजगारी वृद्धिजस्ता काम गर्न नसके जनता सधैँ कम्प्युनिष्ट पार्टी भनेर बस्दैनन्, जनता सार्वभौम छन्’, उनले भने । पार्टी एकीकरणपछिका बाँकी काम अघि बढिरहेको र त्यसलाई चाँडो टुङ्गोमा पुर्‍याइने उनले बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले काम गर्ने व्यक्ति दिन प्रतिदिन गरीब बन्दै जाने र काम नगर्ने धनी बन्दै जाने समस्या गम्भीर रुपमा देखिएको बताए । ‘भूमिविहीनलाई जग्गा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ’, उनले भने ।

संसद्बाट भूउपयोग विधेयक पारित भएको र यससँगै नयाँ ढङ्गले जमीनको वर्गीकरण शुरु हुने मन्त्री अर्यालले बताए । सरकारले भूमि बैंकको परिकल्पना गरेको र बाँझो जग्गामा खेतीका साथै एकीकृत कृषि फर्म सञ्चालनलगायत कुरालाई अघि बढाइने उनले बताए ।

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले देशको समृद्धि र विकासका लागि भूमि सुधारका साथै कृषि क्षेत्रको सुधार हुनुपर्ने आवश्यकता औँल्याए । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सरकारले बाँझो जमीनमा खेती गर्ने वातावरण तयार गर्नुपर्ने बताए ।

खेती गर्न चाहने व्यक्तिलाई भूमि बैंकमार्फत जग्गा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । वर्षौँदेखि बस्दै आएका सुकुम्वासीलाई सरकारले न्यायोचित रुपमा व्यवस्थापन गर्नुपर्ने पूर्वअर्थमन्त्री महतको भनाइ थियो । ‘सरकारमा नरहे पनि सहयोग गछौँ’, उनले भने । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरी, भूमि अधिकारकर्मी जगत देउजालगायतले वर्षौँदेखि जमीनमा श्रम पसिना बगाएर पनि मालिक बन्न नसकेका भूमिविहिनको जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस