विश्वकप क्रिकेट पछि सन्यास लिँदै लेग स्पिनर इमरान ताहिर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विश्वकप क्रिकेट पछि सन्यास लिँदै लेग स्पिनर इमरान ताहिर


प्रशासन संवाददाता

२१ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिर इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि सन्यास लिने भएका छन् ।

लेग स्पिनर ताहिरले इंग्ल्यान्ड र वेल्समा २०१९ को मे ३० देखि जुलाई १४ तारिखसम्म आयोजना हुने आईसीसी विश्वकपपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिने घोषणा गरेका हुन् ।

पाकिस्तानमा जन्मेका उनले दक्षिण अफ्रिकासँग भद्र सहमति गरेको भन्दै विश्वकपपछि सन्यास लिने बताएका हुन् । तर उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट भने खेल्ने जनाएका छन् । ताहिरले सन् २०११ मा एकदिवसीय क्रिकेटमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

इमरान ताहिरले वेष्ट इन्डिजविरुद्धको आफ्नो डेब्यु खेलमा नै उत्कृष्ट बलिङ गर्दै चार विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस