धनुषा जिल्लाको सबैलाबाट जन्ती लिएर सिन्धुली फर्कँदै गरेको बा ५ ख १७५२ नम्बरको बसमा करेन्ट प्रवाह हुँदा ७ जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् ।
धनुषाको सबैला नगरपालिका–४ स्थित जन्ती आएको बसमा सवार यात्रुको मृत्यु भएको जनकपुरका प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले बताएका छन् ।
प्रहरीका अनुसार बसको छतमा राखेको टिनको बाकसमा ११ हजार भोल्टको करेन्ट लाग्दा जन्तीको ज्यान गएको हो ।