काठमाडौँ । आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डको चौथो विकेट झारेको छ। घरेलु मैदानमा टस जितेर बलिङ गरेको नेपालले २७.१ ओभरमा स्कटल्यान्डको चौथो विकेट झारेको हो।
नेपालका लागि करण केसीले दुई विकेट लिएका हुन्। उनले चार्ली टियरलाई ८० रन र रिची बेर्रिङ्टनलाई ४० रनमा पेभेलिएन फर्काए।
त्यस्तै रिजन ढकाल र सोमपाल कामीले एक-एक विकेट लिए। रिजनले जर्ज मुन्सेलाई १२ रन र सोमपालले ब्रान्डन म्याकमुलेनलाई १९ रनमा आउट गरेका थिए।