काठमाडौँ । पोखरामा अलपत्र परेका यात्रुलाई कास्की प्रहरीले स्कर्टिङ गरेर गन्तव्यमा पठाएको छ ।
पोखराबाट गन्तव्यमा जान नपाएका ५६४ यात्रुलाई कास्कीका डीएसपी हरिबहादुर बस्नेतको कमान्डको टोलीले गन्तव्यमा पठाएको हो । बस्नेतका साथै सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिकाबाट खटिएको टोलीले यात्रुलाई गन्तव्यमा पठाएको छ ।
पोखराको पर्यटक बसपार्कबाट १४ वटा सवारीसाधन काठमाडौं र ३ वटा चितवन गरी १७ वटा सवारीमार्फत यात्रुलाई गन्तव्यमा पठाइएको प्रहरीले बताएको छ ।