काठमाडौँ । सत्ता साझेदार दल नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । बैठक
बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा पार्टीका आन्तरिक गतिविधि, समसामयिक राजनीति र सरकारका गतिविधिहरूका बारेमा छलफल गरिनेछ।