२० जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमदानमा ओडारे-भण्डारे सिँचाइ कुलो निर्माण

अ+ अ-

भोजपुर । पक्की सिँचाइ कुलो बनेपछि भोजपुर नगरपालिका-६ भंगेरीवासीलाई सहजता भएको छ । वडाको पहलमा श्रमदानसहित रु. ५३ लाख लागतमा पक्की कुलो निर्माण भएपछि वर्षौँदेखि पानीको समस्या झेल्दै आएका किसानलाई  सहजता भएको हो ।

यहाँ केन्द्र सरकार, प्रदेश सरकार, स्वीस सरकार र स्थानीय सरकारको लागत साझेदारीमा ओडारे-भण्डारे सिँचाइ कुलो निर्माण गरिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिए । साझेदारीमा प्राप्त बजेटबाट यहाँ नौ सय २३ मिटर सिँचाइ कुलो निर्माण सम्पन्न गरिएको उनको भनाइ छ ।

“यहाँका किसानलाई सिँचाइ कुलो नहुँदा धेरै नै समस्या थियो”, उनले भने, “हामीले यो क्षेत्रलाई लक्षित गरेर धेरै पटक कुलोको माग गरिरहेका थियौँ । धेरै समयको मेहिनतपछि कुलो निर्माण गर्न सफल भएका छौँ । यसले यहाँका किसानलाई प्रत्यक्ष लाभ पुगेको अवस्था छ ।”

यो कुलोले हिउँदे र बर्खे गरी तत्काललाई करिब ५० देखि ६० घरपरिवारको पाँच सय रोपनी क्षेत्रलाई सिँचाइ सुविधा पुग्ने वडाध्यक्ष कार्कीले बताए । यहाँ धेरै उर्वर भूमि रहेकोले सिँचाइ कुलो निर्माणले कृषि उत्पादनमा टेवा पुग्ने उनको भनाइ छ । 

सिँचाइ कुलो निर्माणले खेतीपातीको लागि सहजता भएको स्थानीयवासी रुद्रबहादुर कोइरालाले बताए । ओडारे, भण्डारे कुलो बनेपछि पुस्तौँदेखिको सिँचाइको समस्या अन्त्य भएको उनको भनाइ छ । कुलो निर्माण भएपछि ओडारे खोलाबाट पानी ल्याएर सहजरुपमा समयमा खेती गर्ने अवस्था रहेको उनको भनाइ छ ।

“सिँचाइ कुलो नहुँदाको समस्या भनेर साध्य छैन”, उनले भने, “खेतीको लागि आकाशे पानीको भर पर्नुपर्थ्यो । खेतको ब्याड, बीउ राख्न नै समस्या हुन्थ्यो । पानीको कारण दैनिक जसो छिमेकीसँग झगडा हुन्थ्यो । अहिले सिँचाइ कुलो बनेपछि हामीलाई सहज भएको छ । समयमा खेती गर्न पाएका छौँ । धेरै लामो समयपछि सिँचाइ कुलोको सपना पूरा भएको छ । हामीले एकदम खुसी छौँ ।”

कुलो निर्माणले धानबाली खेतीसँगै हिउँदको समयमा तरकारी तथा नगदे बाली खेतीका लागि सहजता हुने स्थानीय कृषक रिता कोइरालाले बताइन् । कुलो बनेपछि १० मिनेटमा खोलाबाट खेतमा पानी ल्याएर खेती गर्न सक्ने अवस्था निर्माण भएको उनको भनाइ छ । वडाको पहलमा भएको कामले किसानको दैनिकीमा सहजता थपिएको उनले बताइन् । सिँचाइ नहुँदा खेत बाझिँदै गएको अवस्थामा सिँचाइ विस्तारले ऊर्जा थपेको उनको भनाइ छ । 

निर्माणको काम सम्पन्न भएर पानी सञ्चालन गरिएको कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदीप तामाङले बताए । आफ्नो गाउँघरमा सिँचाइको सुविधा विस्तारले उत्साह बढेको उनको भनाइ छ । कुलो निर्माणले किसानले खडेरीमा खेतीको लागि आकाश हेरेर बस्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।

“भौगोलिक विकटताका कारण यो कुलो निर्माणमा धेरै समस्या थियो”, उनले भने, “भिरबाट कुलोलाई विस्तार गर्नुपर्ने भएकाले निकै जोखिम पनि थियो । हामी सबै उपभोक्ता मिलेर समयमा नै निर्माण सम्पन्न गरेका छौँ । सिँचाइ कुलो निर्माणमा हामीलाई सहजता भएको छ ।”

प्रतिक्रिया दिनुहोस