काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार संसदीय दल र सचिवालय बैठक आह्वान गरेको छ। बैठक दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक र अपराह्न ३ बजे संसदीय दलको बैठक आह्वान गरेको हो ।
बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण र पार्टी गतिविधि र अन्य विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।