२० जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशको कमाइ छाडेर कृषिमा रमाएका देउकुमार

अ+ अ-

झापा । “देशमै केही गर्न सकिन्छ भन्ने विश्वास लिएर फर्किएको थिएँ”, देउकुमार लिम्बुले विगत सम्झिँदै मुस्कुराएर भने “अहिले त्यो निर्णय मेरो जीवनको सही निर्णय साबित भएको छ” ।

देउकुमार लिम्बुको कथा सुन्दा लाग्छ, इच्छाशक्ति, परिश्रम र देशप्रतिको माया भएमा विदेशिनै पर्छ भन्ने जरुरी छैन । यहाँको भद्रपुर नगरपालिका–१ का उनी हाल ‘लिङ्देन कृषि फार्म’ सञ्चालन गरिरहेका छन् । तर यहाँसम्म आइपुग्न उनले गरेको संघर्षको फेहरिस्त निकै लामो छ । २४ वर्षअघि राम्रो कमाइको आशामा मलेसिया गएका उनले त्यहाँ १३ वर्ष बिताए ।

विगत सम्झना गर्दै उनी भन्छन्, “मलेसिया जाँदा सपना थियो, धेरै पैसा कमाउने, परिवारलाई सुख दिने । काम पनि राम्रै पाइयो, तलब बढ्दै गयो । मासिक रु. एक लाख २५ हजारसम्म कमाउँथे, साहुले ११ महिनासम्म पनि बिदा दिएर काममा बोलाएका थिए । तर मलाई लाग्यो, त्यही मेहनत आफ्नै देशमा गरे उस्तै आम्दानी गर्न सकिन्छ” ।

मलेसियाबाट फर्किएपछि देउकुमार तत्कालै खेतीमा लागिनन्। सुरुवाती दुई वर्ष देशमै के गर्न सम्भव होला? सफल भइएन भने पुन:विदेश जानुपर्ने अवस्था आउला कि नआउला ? भन्ने दोधारमै बित्यो । अन्ततः उनलाई लाग्यो विदेशमा अरूको खेतबारीमा काम गर्दा कमाइ भए पनि मनमा सन्तुष्टि हुँदैन । आफ्नै माटोमा पसिना बगाएर भविष्य बनाउन सकिन्छ भने किन सुरुवात नगर्ने, यही सोचबाट उनले कृषि फार्म सुरु गर्ने अठोट लिए । “म मलेसियामा पनि कृषि फार्ममै काम गर्थेँ”, उनले भने, “त्यही सीप र अनुभवले गर्दा यहाँ फार्म खोल्न सजिलो भयो ।”

मलेसियाबाट ल्याएको थोरै पुँजीबाट देउकुमारले ‘लिङ्देन कृषि फार्म’ स्थापना गरे । सुरुमा सानो क्षेत्रफलमा केही तरकारी लगाएका उनको मेहनतले हाल चार विघातभन्दा बढी क्षेत्रफलमा फार्म विस्तार भएको छ । हाल उनको फार्ममा करिब एक करोड रुपैयाँ बढी लगानी छ । फार्ममा साग, टमाटर, काँक्रो, आलु, करेला, बन्दागोभी, भान्टा, बोडीजस्ता तरकारीको साथै केरा, सुपारी खेती, बङ्गुर र माछा पालन गरेका छन् ।

उनी बेमौसमी तरकारी उत्पादनमा विशेष ध्यान दिन्छन्, “बजारमा जब तरकारीको अभाव हुन्छ, त्यति बेला हाम्रो फार्ममा उत्पादन भइरहेको हुन्छ”, उनी भन्छन्, “त्यसैले कहिलेकाहीँ त अग्रिम पैसा तिरेर तरकारी बुकिङ गर्न आउने व्यापारीको भीड लाग्छ ।”

देउकुमारले फार्ममा रासायनिक मलभन्दा बढी जैविक मल प्रयोग गर्ने गरेको बताउँछन्। उनी भन्छन्,  “जैविक तरकारीको स्वाद, गुणस्तर र माग बढी छ, ग्राहक पनि खुसी हुन्छन् ।” उनको  सफलताको अर्को पाटो हो, स्थानीय युवालाई रोजगारी उपलब्ध गराउनु । अहिले उनको फार्ममा सात जना स्थानीय युवाले नियमित रोजगारी पाएका छन् । तर सिजनमा २०–२२ जना श्रमिकले काम पाउँछन् । “सिजनमा मजदुर पाउन गाह्रो पर्छ,” उनी भन्छन्, “मानिस विदेश जान चाहन्छन् तर देशमै राम्रो सम्भावना देख्दैनन्”।

फार्म सञ्चालन बापत खर्च कटाएर वार्षिक १८ लाख रुपैयाँ बढी आम्दानी लिने गरेको उनी बताउँछन्। “मेहनत गरे आम्दानी पनि राम्रो हुन्छ,” उनी भन्छन्, “मलजल, बिउको छनोट, समयमा स्याहार गर्नुपर्छ ।” उनले मलेसियामा पनि मेहनत गर्थे । तर, त्यो अरूको लागि थियो, अहिलेको मेहनत आफ्नो सपना र देशका लागि भएको उनको बुझाइ छ ।

देउकुमारको बुझाइमा नेपालमा कृषिमा सम्भावना र चुनौती दुवै छन् । उनी भन्छन्, “मुख्य चुनौती खुला सीमानाका कारण भारतबाट सस्तोमा तरकारी नेपाल भित्रिनु, हाम्रो उत्पादन सस्तोमा बिक्री गर्न नसक्नु हो ।” यदि सरकारले बजारमा नेपाली तरकारीलाई प्राथमिकता दिन उपयुक्त वातावरण बनाइदिने हो भने सहजै प्रतिस्पर्धा गर्न सकिने उनी बताउँछन् ।

कृषकलाई दिइने सरकारी अनुदानबारे पनि उनी स्पष्ट छन्, । “कतिपय किसानले अनुदान पाउँदैनन्, पाएकाले सही तरिकाले प्रयोग गर्दैनन्, नियमनको अभाव छ,” देउकुमार भन्छन् “यदि वास्तविक किसानलाई अनुदान दिइयो भने देशमै सस्तोमा अर्गानिक तरकारी खुवाउन सकिन्छ ।”

देउकुमार युवापुस्तालाई आग्रह गर्छन् , “देशमा केही छैन भनेर हतारमा विदेशिने निर्णय नगर्नुहोस्, सानो पुँजी, सही सोच र सिकेका सीपलाई आफ्नै माटोमा प्रयोग गर्न सकियो भने यहीँ पनि सम्मानजनक आम्दानी सम्भव छ ।” 

प्रतिक्रिया दिनुहोस