१९ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामग्री बरामद

अ+ अ-

सिरहा । सशस्त्र प्रहरी बल सिरहाले शुक्रबार र आज भन्सार छली गरेर ल्याइएका विभिन्न सामग्री बरामद गरेको छ । 

सिरहा नगरपालिका-२१ लगडिगदियानीस्थित नं ७ गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक विष्णुप्रसाद गौतमको कमान्डमा खटिएको १० जनाको गस्ती टोलीले नेपालबाट अवैध रूपमा भारतीय नं प्लेटका चार वटा मोटरसाइकलमा राखी भारततर्फ लैजाँदै गरेको रु. ८९ हजार ६०० मूल्य बराबरको ३२० किलो स्याउ र रु. चार लाख मूल्य बराबरको चार थान मोटरसाइकल बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार शुक्रबार सिरहा-२० स्थित नं ७ गणका सशस्त्र प्रहरी निरीक्षक दिनेश बम्जनको कमान्डमा खटिएको चार जनाको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको रु. एक लाख ६९ हजार ८०० मूल्य बराबरको कपडा र सुनचाँदी राख्ने बट्टा बरामद गरेको हो ।

सशस्त्र प्रहरीले शुक्रबार सिरहा–१७ स्थित माडर बसपार्क नजिक प्रसीसु गुल्म माडरबाट सशस्त्र प्रहरी नायब निरीक्षक चुडामणि काफ्लेको कमान्डमा खटिएको टोलीले रु. ३६ हजार १५० मूल्य बराबरको कपडा बरामद गरेको छ । 

शुक्रबार औरही गाउँपालिका-३ कडहर्वा खण्डमा सशस्त्र प्रहरीको बिओपी बरियारपट्टिबाट सशस्त्र प्रहरी निरीक्षक शंकरबहादुर थापाको कमान्डमा खटिएको टोलीले अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको रु. ५३ हजार २२० मूल्य बराबरको भाँडा वर्तनहरू बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिए । उनका अनुसार बरामद गरिएका सबै सामग्री भन्सार कार्यालयमा बुझाउने प्रक्रिया सुरु भएको छ ।

यसैबीच, गत मङ्गलवार यहाँको सशस्त्र प्रहरी बल, नेपाल नं ७ गणको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सीमा क्षेत्रमा हुने अवैध सामग्री ओसारपसार नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस