१९ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति हुनु जरुरी छ’-प्रकाशमान सिंह

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्व शान्तिका लागि प्रत्येक देशमा शान्ति कायम हुनु जरुरी रहेको बताएका छन् ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आज आयोजना गरेको ‘विश्व एकता र विश्वासका लागि ध्यान–योग’ छाता कार्यक्रमको राष्ट्रिय शुभारम्भ समारोहमा उनले कुनै पनि देशमा शान्ति कायम हुनुअघि त्यस देशका प्रत्येक नागरिकमा शान्तिको अनुभूति हुनुपर्नेमा जोड दिए । 

व्यक्ति, व्यक्तिमा शान्ति कायम गराउन केन्द्रले चलाएको ध्यान–योग छाता कार्यक्रमले सकारात्मक र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गरे । केन्द्रले यसअघि पनि देशका विभिन्न स्थानमा शान्ति स्थापनाका लागि गरिरहेको आध्यात्मिक गतिविधिको उनले प्रशंसा गरे । यो अभियानलाई धेरैभन्दा धेरै मानिसका बीचमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

केन्द्रका राजयोग प्रशिक्षक ब्रह्मकुमार रामसिंह ऐरले विश्वमा एकता र विश्वासका लागि ध्यान–योग छाता कार्यक्रम आवश्यक रहेको बताए । व्यक्तिले स्वयंमा शान्तिको अनुभव गरेपछि विश्व शान्तिका लागि टेवा पुग्ने उनको भनाइ छ ।

 केन्द्रकी राज योगिनी ब्रह्मकुमारी कुसुमले आज शुभारम्भ गरिएको कार्यक्रम देशका अन्य भागमा पनि विस्तार गरिने जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस