१९ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश

अ+ अ-

किएभ । रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न शनिबार आदेश दिएका छन्।

सुमीको प्रशासनले भनेको छ, “सीमावर्ती समुदायमा बमबारीका कारण नागरिकको जीवनमाथि निरन्तर खतरालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।” 

रुसको रक्षा मन्त्रालयले युक्रेनी भाषामा भोडोलाही भनिने अर्को सुमी गाउँ भोडोलागीलाई पनि आफ्नो सेनाले नियन्त्रणमा लिएको जनाएको छ ।

हालैका हप्ताहरूमा रुसले उत्तर पूर्वी क्षेत्रका धेरै गाउँहरू कब्जामा लिएको दाबी गरेको छ र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता मस्कोले सम्भावित आक्रमणको संकेतस्वरूप नजिकै ५० हजारभन्दा बढी सैनिकहरू जम्मा गरिरहेको बताएका थिए । 

युक्रेनको सीमा सुरक्षा सेवाका प्रवक्ता एन्ड्री डेमचेन्कोले बिहीबार रुसले सुमीमाथि ‘आक्रमण’ गर्न तयार रहेको बताएका थिए ।गत वर्ष कुस्र्क क्षेत्रमा रुसी सीमामा प्रवेश गरेका युक्रेनी सैनिकसँग मस्कोको सेनाले लडेपछि रुसी सेनाको सङ्ख्या बढ्न थालेको उनले बताए । 

रुसले हालै कुस्र्कको लगभग सम्पूर्ण भू-भाग आफ्नो नियन्त्रणमा लिएको छ । सन् २०२२ को फेब्रुअरीमा चौतर्फी आक्रमण सुरु गरेको रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राखेको छ । जारी द्वन्द्वका कारण दुवै पक्षका दशौँ हजार सैनिक र सर्वसाधारणको मृत्यु भएको छ ।

वासिङ्टनले युद्ध विरामका लागि कूटनीतिक प्रयासको नेतृत्व गर्दै आएको छ, तर किएभ र मस्कोले एक अर्कालाई शान्ति नचाहेको आरोप लगाउँदै आएका छन् । मे १६ मा भएको वार्तापछि क्रेमलिनले सोमबार इस्तानबुलमा थप वार्ताको प्रस्ताव गरेको छ।

किएभले इस्तानबुलको बैठकमा सहभागी हुने वा नहुनेबारे अहिलेसम्म केही बताएको छैन र उसले मस्कोलाई तत्काल आक्रमण रोकी युद्ध विराम गर्न माग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस