काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।
सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-५ घर भएका हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने २७ वर्षीय अशोक कुमार साहुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-३२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।