१९ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई आत्मनिर्भर बनाउन एक महिने हस्तकला सीप

अ+ अ-

बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन हस्तकला सीप सिकाएको छ । स्थानीय स्रोत साधनको प्रयोग गरी स्वरोजगार र महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँपालिकाले प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी एक महिने तालिम प्रदान गरेको हो ।

तालिम प्रशिक्षक राप्ती सोनारी–४ बैजापुरकी कल्पना थारुले थाकलको पात र मकैको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गरी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले सीप सिकाइएको बताइन् ।

सीपले गाउँघरमा खेर गएका कच्चापदार्थबाट टोपी र झोला बनाउन सकिने भएपछि राम्रो आम्दानी हुने आशा जागेको स्थानीय उमा थारुको भनाइ छ।  उत्पादन गरिएका सामान बिक्री वितरण गर्न सकिए पारिश्रमिक राम्रो पाइने हुनेपछि आफूले सीप सिकिरहेको उनले बताइन् ।

गाउँपालिका अध्यक्ष तप्त पौडेलले हाल ६० महिलाले मकैको पोस्कर, खोस्टा तथा थाकलको पातबाट विभिन्न हस्तकलाका सामग्री बनाउने सीप सिकिरहेको बताए । सीप सिकेपछि महिलाले बनाउने सामग्री ओम राजश्री मल्टिएग्रो प्रालि काठमाडौँले बजारीकरण गर्ने गरी सम्झौता भएको उनले जानकारी दिए । पालिकाका नौ वटै वडामा तयार भएका सामग्री संकलन गरेर बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष पौडेलले प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिका उपाध्यक्ष मनीषासिंह थारुले लक्षित वर्गलाई प्राथमिकतामा राखेर सीपमूलक तालिम सञ्चालन गरिएको बताइन् । “अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित गाउँपालिकाले मकैको पोस्कर र थाकलबाट बनाइने झोला र टोपी उत्पादनका लागि जनशक्ति उत्पादन गरिरहेको छ”, उनले भनिन्, “यसले एकातिर आयआर्जनमा टेवा पुर्‍याउनेछ भने अर्कोतर्फ हाम्रा उत्पादनहरू विदेश निर्यात हुँदा गाउँपालिकाको पहिचान हुने विश्वास गरेका छौँ ।”

तालिममा लक्षित वर्गअन्तर्गत कुमाल, वादी, खुना, मुक्तकमैया, मुक्त कम्लरी, द्वन्द्वपीडित, एकल महिलालगायतलाई प्राथमिकतामा राखेर तालिम दिने काम भइरहेको उपाध्यक्ष थारुले जानकारी दिइन् ।

गाउँपालिकाका नौ वटै वडालाई लक्षित गरेर चार ठाउँमा तालिम भइरहेको छ । वडा नं १ को कुसुम, वडा नं २, ८ र ९ का लागि वडा नं ८ को वडा कार्यालयमा, वडा नं ३, ४ र ५ लाई लक्षित गरेर वडा नंं ४ को कार्यालयमा र वडा नं ६ र ७ लाई लक्षित गरेर अपांगता पुनर्स्थापना केन्द्र फत्तेपुरमा तालिम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस