१८ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

अ+ अ-

बर्दिया । जिल्लाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ । यसको संरक्षणका लागि सरोकार भएकाहरूले ध्यान दिन सकेका छैनन्, जसको फाइदा उठाउँदै अतिक्रमण गर्दा तालको अस्तित्व नै संकटमा पर्न थालेको स्थानीयको बुझाइ छ ।

बढैयाताल गाउँपालिका-५ मा अवस्थित यो ताल बर्दियाको पुराना र ठूला तालहरूमध्ये एक हो । विसं २०६५ मा नापी कार्यालय बर्दियाले गरेको सीमांकनअनुसार १०७ बिघा चार कट्ठा १७.५ धुर क्षेत्रफलमा ताल फैलिएको छ । यही तालबाट गाउँपालिकाको नामकरण गरिएको हो । हाल सोही ताल संकटमा पर्नु दुःखद भएको स्थानीय कर्णबहादुर थापाको भनाइ छ ।

गाउँपालिका-४ का पूर्व वडाध्यक्ष थापाका अनुसार यहाँ पछिल्ला छ/सात  वर्षदेखि चराको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ । प्लास्टिक प्रदूषणसँगै लुकिछिपी गरिने चराचुरुंगीको सिकारले विदेशी चराहरूको आगमनमा कमी आएको छ ।

ताल वरपर प्लास्टिकका बोतल, सिसाका टुक्रा र अन्य फोहरजन्य सामग्री यत्रतत्र देखिन्छन् । एक समय सयौँ प्रजातिका चराचुरुंगीहरूको सुरक्षित वासस्थानका रूपमा चिनिने यो तालमा हाल साइबेरियादेखि आउने पाहुना चराहरू आउन छोडेका वडा नं ५ का पूर्ववडासदस्य रामकुमार विकले बताए ।

वडा नं ५ का अध्यक्ष तुलाराम चौधरी ताल वरपरको सार्वजनिक जमिन भूमाफियाले अतिक्रमण गर्न थालेका र यस विरुद्ध आवाज उठाउँदा आफूहरूलाई नै मुद्दा झेल्नुपरेको गुनासो गर्छन् । “अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगञ्ज, नापी कार्यालय र मालपोत कार्यालय बर्दियाले संयुक्त अनुगमन गर्दा दाबी गरिएको जग्गा ताल क्षेत्रमा नरहेको प्रमाणित भइसकेको छ”, उनले भने ।

वडाध्यक्ष चौधरीले तालको संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले स्पष्ट नीतिसहित काम गर्नुपर्ने बताए । “जुन तालको नामबाट गाउँपालिकाको नामकरण भएको छ, त्यही तालको संरक्षण गर्न नसकेको भनेर जनस्तरमा आलोचना भइरहेको छ । यो हामी सबैका लागि लाजमर्दो कुरा हो । अब गाउँपालिकाले नै संरक्षणका लागि पहल गर्नुपर्छ र यसमा अरू सबै सरोकार भएका निकायले सहयोग गरी पर्यटन विकासका लागि योजना अगाडि बढाउनुपर्छ”, उनले भने । 

प्रतिक्रिया दिनुहोस