१८ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ पुस्ताले चासो नदिँदा भेडापालन संकटमा

अ+ अ-

ढोरपाटन (बागलुङ) । निसीखोला गाउँपालिका–६ का ६७ वर्षीय भागविर घर्ती मगरले भेडापालनमा लागेको ५८ वर्ष भयो । नौ वर्षको उमेरदेखि भेडापालनमा लागेका उनी अहिले पनि उस्तै तगडा छन् । उनका भेडाका बथानमा २०० को हाराहारीमा पाठापाठी र माहुँ भेडा छन् । गत असोज दसैँ मान्नका लागि बेसी झरेका किसान घर्ती लेक उक्लिने तरखर गर्दै छन्।

उनका लेकमा बस्ने धेरैजसो गोठाला साथी लेक उक्लिसके । जेठ दोस्रो सातादेखि किसानले पशुचौपाया बुकी उकाल्न थालेपछि अहिले तल्लो क्षेत्र सुनसान बनेका छन् । यति बेला बागलुङको रिग क्षेत्र, खोलाखानी, सोडेडाँडा, पातीहाल्नेलगायतका ठाउँमा गाईभैँसी, भेडाबाख्रा, भोटे कुकुरसँगै गोठाला किलादाम्ला र खर्चपर्च बोकी बुकी उक्लि रहेको भेटिन्छ । एकै परिवारले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा बाह्रै महिना एकै ठाउँमा बसेर घाँस र दाना पुर्‍याउन सक्दैनन् । यतिबेला लेक उक्लिएका गोठाला दसैँ मान्न असोज तिर मात्रै बेसी झर्छन् ।

अबको एक सातामा बुकी भेडाका बथानले भरिन्छन् भने बेसी क्षेत्र रित्तो हुन्छन् । अघिल्लो वर्ष असोजमा बेसी झरेका गोठाला सात महिनापछि लेक उक्लिन थालेका हुन् । लामो समय लेकमै बस्ने हुँदा भागविरले खाने खर्चको चाँजोपाँजो मिलाउँदै छन् । अबको करिब पाँच महिना लेकमै बिताउने उनी बताउछन् । यति बेला बेसीमा घाँस सकिएकोे र लेकमा प्रसस्त पाइने उनको भनाइ छ । गोठालाहरु तीन हजारदेखि चार हजार ५०० मिटरको उचाइसम्म पुग्ने गर्छन् ।

यस वर्ष अलि छिटै वर्षा सुरु भएपछि लेकमा घाँस पलाउन थालेको घर्तीले बताए । बर्खा भरि बुकीमा पालेका भेडाबाख्रा दसैँ बेला बजारसम्म पुर्‍याएर राम्रो मूल्य पार्ने गर्दछन् । बागलुङको निसीखोला–६ मा पर्ने रिग, खानीखोलामा रोल्पा र रुकुमका गोठाला पनि हजारौँ भेडाबाख्रा लिएर आउने गर्छन् । हिउँदको समय बुकीमा हिउँ पर्ने र जाडो हुने हुँदा बेसी ओर्लने गर्छन् । पछिल्लो समय नयाँ पुस्ताले चासो नदिँदा भेडापालन किसान कम भएको उनको भनाइ छ ।

“लामो समय बेसीमै बसियो, अब लेक जाने बेला भयो, यसपाली मैले केही दिन ढिला गरेँ, अबको दुई/चार दिनमा म पनि लेकमा पुगि सक्छु, गाउँमा बस्दा परिवारसँगै भइन्छ, रमाइलो हुन्छ, लेकमा त सबै हुँदैनन्,” उनले भने, “अब गएपछि आउने उहीँ दसैँ बेला हो, त्यस बेलासम्म छोराछोरीसँग भेट्न हुन पाइँदैन, कहिलेकाहीँ अन्नपात लिएर लेक उक्लिए भने मात्रै भेट हुन्छ ।”

जिल्लो तमानखोला, बोबाङ, अधिकारीचौर लगायतका क्षेत्रका भेडीगोठाले पनि ढोरपाटन, जलजलालगायतको क्षेत्रमा वस्तुभाउ लिएर जाने गर्छन् । यी क्षेत्रबाट आधाभन्दा बढी गोठाला लेकमा पुगी सके भने केही बाटोमै भेटिन्छन् । कोही जाने सुरसार गर्दैछन् । ढोरपाटन–९ का थमबहादुर पुनले गत साता गाईभैँसीलाई लेक पुर्‍याएका छैनन्। आफु पेटसम्बन्धि रोगी भएको हुँदा उपचारका लागि अहिले बेसी झारेका छन् । पाँच दिनपछि लेक फर्किने गरी बेसी झरेको पुनले बताए।

पहिले लेक जाँदा अन्नपात र वस्तुभाउका किलादाम्ला मान्छेलेनै बोकेर लैजाने गरेको भन्दै बुर्तिबाङ–ढोरपाटन सडकमा गाडी चल्ने हुँदा ढुवानी तिरर लैजाने गरेको सुनाए । बाउबाजेको पालादेखिनै लेकबेसी गरेर सयौँ वस्तुभाउ पाल्दै आएको पुनको भनाइ छ । आफूको पुस्ताले पशुपालन गरेरै जीविको चलाए पनि अबका नयाँ पुस्ताले यो पेसा नगर्ने उनी बताउछन् ।

उनले भने, “गाउँभरिका सबैले पशु पाल्ने हुँदा एकै ठाउँमा राखेर दाना र घाँस पुर्‍याउन सकिदैन, त्यसले गर्दा बर्खामा लेक र हिउँदमा बेसी झर्ने चलन चलेको हो, एउटै परिवारले कम्तिमा २०/३० गाईभैँसी पालेको हुन्छ, कोहीले सयौँको सङ्ख्यामा भेडाबाख्रा पालेको हुन्छ, त्यति धेरै वस्तुभाउलाई कसरी घाँस पुर्‍याउने रु, त्यही भएर लेकबेसी गर्ने गरेका हौँ ।”

प्रतिक्रिया दिनुहोस