१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशसभा: विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

अ+ अ-

विराटनगर । कोशी प्रदेश सभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता-२०८२’ माथिको छलफल सकिएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यही जेठ ११ गते सदनमा पेस गरेको सिद्धान्त र प्राथमिकतामा २७ जना सांसदले छलफलमा भाग लिई आवश्यक सुझाव दिएका थिए ।

योजनामन्त्री मगरले छलफलका क्रममा उठेका जिज्ञासाको सम्बन्धमा नीति तथा कार्यक्रमलाई आधार मानी तयार गरिएको सिद्धान्त र प्राथमिकता आगामी आर्थिक वर्षको वार्षिक बजेटको मार्गदर्शक बन्ने बताए ।

सबै सांसदहरूको सुझाव रचनात्मक रहेको बताउँदै मन्त्री मगरले आर्थिक आधारको सबलीकरण र आर्थिक वृद्धि, दिगो विकास, संघीयता कार्यान्वयन, अन्तर तह समन्वय, सार्वजनिक सेवा प्रवाह र सुशासन, सार्वजनिक वित्त र वित्तीय अनुशासन, सामाजिक विकास, न्याय र मानवअधिकार, ग्रामीण विकासलगायत विषयलाई सिद्धान्त र प्राथमिकतामा महत्त्व दिइएको जानकारी दिए ।

उनले जनमुखी सेवा प्रवाह र सुशासन, कानुनी शासन र शान्ति सुरक्षा, भौतिक पूर्वाधार, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, खानेपानी, सिँचाइ तथा ऊर्जा, पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन, शिक्षा, खेलकुद, संस्कृति, रोजगार र समावेशिता, स्वास्थ्य सेवा, औद्योगिक विकास र निजी क्षेत्रको प्रवर्द्धन, यातायात क्षेत्रको व्यवस्थापन, वन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सहकारीको अनुगमन र नियमन तथा सार्वजनिक वित्तीय व्यवस्थापनलगायत विषय समेटेर बजेट सर्वपक्षीय, समानुपातिक र सर्वस्वीकार्य बनाइने उल्लेख गरे ।

प्रदेशसभाको आजको बैठकको विशेष समयमा नेपाली काँग्रेस संसदीय दलका तर्फबाट सांसद प्रदीपकुमार सुनुवारले जनताको माग र आवाजका बारेमा छलफल गर्ने संसद् कमजोर बन्न नहुने धारणा राखे । उनले आगामी आर्थिक वर्षका लागि आउने वार्षिक बजेट पारदर्शी हुनुपर्ने भन्दै सांसदहरूको योजना सुनिश्चितताको माग गरे ।

बैठकको शून्य समयमा कोशी प्रदेशसभाका सांसद सपना दर्जी, रमेशकुमार बस्नेत, लीलाबल्लभ अधिकारी, मीना श्रेष्ठ, शीला दीक्षित कार्की, निरादेवी खनाल, मालतीकुमार लिम्बू, ललिताकुमरी चौधरी, रामकुमार खत्री, सुनिता गच्छदार, लखिकुमारी गणेश, शोभा चेम्जोङ, गणेशप्रसाद उप्रेती र राजन किराँतीले आ–आफ्नो धारणा राखेका थिए ।

उनीहरूले पर्यटन, विपद्, विकास, कृषि बीउविजन, रासायनिक मल, गाजा खेती, भाषा र संस्कृति, ग्रामथान र सडक दुर्घटनालगायत समयसापेक्ष विषयमा धारणा राखेका थिए । अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस