१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

अ+ अ-

खोटाङ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले प्रशासनिक भवन सञ्चालनमा ल्याइएको छ । संघीय सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रु. चार करोड ५० लाखमा चार वर्ष लगाएर निर्माण गरिएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा रु. एक करोड ५० लाख, आव २०७७/७८ मा रु. एक करोड, आव २०७८/७९ मा रु. एक करोड र आव २०८०/८१ मा रु. एक करोड उपलब्ध गराएको थियो । मन्त्रालयको नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको भवन विद्यालयको ७७औँ स्थापना दिवस तथा ७६औँ वार्षिकोत्सवको अवसर पारेर बिहीबार संविधान सभा सदस्य विशाल भट्टराईले औपचारिक उद्घाटन गरेका हुन् ।

आव २०७६/७७ देखि क्रमागत योजनाको रूपमा शौचालयसहित विद्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सुरु गरिएको थियो । प्रशासनिक भवनसँगै दुई तलमा सात कोठे छात्रावास भवन निर्माण अन्तिम चरणमा पुगेको विद्यालयका प्रधानाध्यापक कुमार पराजुलीले जानकारी दिए । 

विद्यालय स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रशासनिक भवन उद्घाटनसँगै नृत्य र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । पालिका स्तरीय नृत्य प्रतियोगितामा भानु मावि लिच्कीराम्चे प्रथम, भगवती दिनानाथ मावि दोस्रो र विणा मावि लिकुवापोखरीले तेस्रो स्थान प्राप्त गरेको छ ।

आधारभूत तह स्तरीय हाजिरी जवाफमा सिद्ध आधारभूत आवि प्रथम, भगवती दिनानाथ मावि दोस्रो र कृष्ण मावि बर्रे तेस्रो भएका छन् । नृत्यतर्फ प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः रु. नौ हजार, रु. सात हजार २०० र रु. छ हजार प्रदान गरिएको आयोजकले जनाएको छ । 

हाजिरी जवाफमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः रु. तीन हजार, रु. एक हजार ८०० र रु. एक हजार २०० प्रदान गरिएको छ । विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यापक पराजुलीले विद्यालयको गत आवको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

चालु आवको हालसम्म रु. चार करोड पाँच लाख १० हजार आय र रु. तीन करोड ८९ लाख ९८ हजार व्याय भएको प्रधानाध्यापक पराजुलीले जानकारी दिए । उनका अनुसार आय व्याय अनुसार विद्यालयसँग रु. १५ लाख ११ हजार मौज्दात रकम छ ।

जिल्लाको पुरानो सदरमुकाम खोटाङ बजारमा सञ्चालित भगवती दिनानाथ माविमा प्राविधिक शिक्षासमेत अध्ययन अध्यापन हुँदै आएको छ । कार्यक्रममा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो । बि.सं. २००६ जेठ १५ गते स्थापना गरिएको यस विद्यालयमा हाल पाँच सय ५० विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस