१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेका ६ सय शिक्षकलाई ‘प्रशिक्षक-शिक्षक’ बनाउँदै ट्राफिक प्रहरी

अ+ अ-

काभ्रेपलाञ्चोक । ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक नियम सचेतनाका लागि विद्यालयका ६०६ शिक्षकलाई ‘प्रशिक्षक-शिक्षक’ तयार गर्ने भएको छ । यसका लागि कार्यालयले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका शिक्षकलाई दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका कक्षा सञ्चालन गर्ने योजना बनाएको हो ।

कार्यालयले स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा सम्पूर्ण विद्यालयका बालबालिकालाई ट्राफिक सचेतनासहितका कक्षा सञ्चालन गर्ने गरी विद्यालयमा प्रशिक्षक-शिक्षक तयार गर्न लागिएको जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जिल्लाका ५०८ सामुदायिक, ९६ संस्थागत र दुई धार्मिक विद्यालयका ६०६ जना शिक्षकहरूलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षक-शिक्षक तयार गरिने योजना बनाइएको बताए । उनका अनुसार विद्यालयमा तयार गरिने शिक्षकले सोही विद्यालयमा कार्यरत अन्य शिक्षक तथा कर्मचारी र अध्ययनरत विद्यार्थीका लागि ट्राफिक नियम तथा सचेतनाका बारेमा तालिका बनाई कक्षा सञ्चालन गर्नेछन् ।

यस्तै, कार्यालयले विद्यालयका बसमा ‘स्कुल बस निर्देशिका-२०७४’ अनुसार सञ्चालन गरे/नगरेको अनुगमन गर्ने, निर्देशिकाअनुसार सञ्चालन नभएको पाइए चालकलाई कारबाही गर्ने, सार्वजनिक यातायातमा तोकिएका वर्गलाई छुट र आरक्षण शुल्क कार्यान्वयनबारे अनुगमन गर्ने, प्रेसर हर्न न्यूनीकरण तथा चालक र सहचालकलाई अनुशिक्षण, यान्त्रिक साधनको परीक्षण गरी प्रदूषण नियन्त्रणका लागि सक्रियता बढाउने जनाएको छ ।

कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु. एक करोड सात लाख ६७ हजार ५०० राजस्व संकलन गरेको जनाएको छ । यस अवधिमा १३ हजार ७४५ सवारीसाधन कारबाहीमा परेका छन् ।

काभ्रेपलाञ्चोकमा कुल ८५८ किलोमिटर सडकमध्ये १३२ किमी पक्की सडक, ५०४ किमी कच्ची र १२८ किमी ग्राभेल सडकमा सवारी साधन गुडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस