१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोठ सुधार गरेपछि पशुचौपायामा संक्रामक रोग घट्दै

अ+ अ-

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी मीना विष्टको गोठमा गाईभैँसीको मलमूत्र निकासको राम्रो प्रबन्ध गरिएको छ । गोठ सुधार गरिएपछि गाईभैँसीमा विगतमाझैँ संक्रामक रोग देखिन छाडेको छ ।

दुध उत्पादन पनि वृद्धि भएको छ । “परम्परागत गोठमा पशु चौपायाको मलमूत्र व्यवस्थापन नहुँदा दुर्गन्धित हुन्थ्यो”, विष्टले भने, “गोबर र मुत्र माटोमा मिसिँदा हिलाम्मे हुन्थ्यो, अहिले पहिले जस्तो छैन ।”

गोठमा मल एकातर्फ र मुत्र ट्यांकीमा जम्मा हुने बनाइएको छ । गोठ सुधारका लागि तराई भूपरिधि कार्यक्रम (ताल)र सामुदायिक वन समन्वय समिति(सिएफसिसी) कञ्चनपुरले आर्थिक सहयोगसँगै दक्ष प्राविधिक व्यवस्था गरी गोठ सुधार गरिएका हुन् । सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीका अनुसार गणेशपुर गाउँका पशुपालक ६५ किसानको गोठ सुधार गरिएको हो ।

“गोठ सुधारसँगै किसानलाई घाँस, चारो खुवाउन डुँड उपलब्ध गराएका छौँ”, उनले भने, “गोठमा लामखुट्टे, झिँगा, मुसा र परजीवीको समस्या हट्दा पशु मात्रै नभएर किसानलाई पनि सङ्क्रामक रोगको समस्या घटेको छ ।”

उनका अनुसार सुधारिएको गोठबाट संकलित गोबर किसानले खेतबारीमा प्रयोग गर्ने गरेका छन् । पशु चौपायाको मलमुत्रमा नाइट्रोजन, पोटासलगायत पूर्ति हुने भएकाले किसानहरू रासायनिक मल खरिद गर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । 

“गोठ सुधार गर्नु भनेको संरचना बनाउनु मात्रै होइन”, सामुदायिक वन समन्वय समितिका निर्मल भट्टले भने, “पशुपालन व्यवसायको समग्र उत्पादनशीलता वृद्धि र दिगोपन सुधार पनि हो ।” 

प्रतिक्रिया दिनुहोस