१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६ प्रतिशतले बढ्ने

अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु एक लाख ९२ हजार ३१ रहेकामा चालु आर्थिक वर्ष रु दुई लाख तीन हजार ५३८ पुग्ने सरकारले अनुमान गरेको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, “चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन छ प्रतिशतले बढ्ने अनुमान छ । पछिल्लो दशक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर नौ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४४३ अमेरिकी डलर रहेकामा चालु आर्थिक वर्ष एक हजार ४९६ अमेरिकी डलर पुग्ने अनुमान छ । 

त्यसैगरी प्रतिव्यक्ति राष्ट्रिय आय र खर्चयोग्य आय दुवै क्रमशः बढ्दै गएको र चालु आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत वर्षको तुलनामा तीन दशमलव चार प्रतिशतले वृद्धि हुने अनुमान सरकारले गरेको छ । 

आर्थिक सर्वेक्षणमा भनिएको छ, “गत आर्थिक वर्ष यस्तो आय चार दशमलव एक प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्ष प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान छ । गत आर्थिक वर्ष यस्तो आय एक हजार ४६७ अमेरिकी डलर रहेको थियो । त्यसैगरी, गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल खर्च योग्य आय एक हजार ८६४ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष यस्तो आय अमेरिकी डलर एक हजार ९४० पुग्ने अनुमान छ ।”  

प्रतिक्रिया दिनुहोस