१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि परियोजनामार्फत गाउँलाई आर्थिक समृद्ध बनाउँदै रुरु

अ+ अ-

गुल्मी । रुरुक्षेत्र गाउँपालिकाले ‘रुरु कृषि परियोजना’ सञ्चालन गरेसँगै यहाँका किसान व्यावसायिक रूपमा आयआर्जनसँग जोडिएका छन् । स्थानीय पालिकाको रु दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु एक करोड लागतमा रुरुमा कृषि परियोजना सञ्चालनमा आएको हो । 

महिला तथा युवालाई सहभागी गराउँदै पालिकाभित्र कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउँदै आत्मनिर्भरता र सामाजिक सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त परियोजना सञ्चालन गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए। 

“विशेष गरी महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यले हामीले काम गरिरहेका छौँ”, उनले भने । उनका अनुसार पालिकाले तरकारी, दूध, मासु, उखु प्रवर्द्धनलगायत क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले परियोजना सञ्चालन गरिरहेको छ । 

नवप्रभात युवा संघ गुल्मीको सहजीकरणमा सञ्चालन भएको उक्त परियोजनाले पालिकाभित्र छ वटै वडाका दुई हजार १०० परिवारलाई ७२ वटा समूहमा आबद्ध गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘रुरु कृषि परियोजना’मार्फत कृषि तथा पशुपालन, घाँस, उखु, फलफूल तथा तरकारी उत्पादनमा किसानलाई समूहमा आबद्ध बनाएर सहयोग गर्दै आइएको परियोजनाका कार्यक्रम संयोजक प्रकाश चालिसेले जानकारी दिए । 

उनका अनुसार परियोजनामार्फत आठ सय २५ जना महिला तथा युवालाई ३३ वटा समूहमा आबद्ध गराई उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउनका लागि मागमा आधारित कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् । “विभिन्न समूह र सहकारीमार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् । साथै विभिन्न समूहमार्फत बाख्रा तथा बोका वितरण, खोर निर्माण, गाईपालन, भकारो सुधारलगायत काम गरिएको छ”, उनले भने ।  

दूधडेरी सञ्चालन, फलफूल तथा तरकारी, घाँस, उखु तथा अकबरे खुर्सानीलगायत कृषिउपज उत्पादन गरी किसानको आयआर्जन वृद्धिमा जोड दिइएको छ । ‘रुरु कृषि परियोजना’ सञ्चालन भएपछि पछिल्लो समय स्थानीयको दैनिकीमा सुधार हुँदै गएको छ । आफूसँग जग्गा नहुनेले पनि जग्गा भाडामा लिएर कृषिजन्य उपज उत्पादन गरी बिक्री गर्न थालेका छन् । यसबाट घरखर्च चलाउन र परिवार पाल्न अरूको भर पर्नुनपरेको स्थानीय बताउँछन् ।

“परियोजना सञ्चालन भएपछि आर्थिक सहयोग हुनुका साथै दैनिकी सहज बन्दै गएको छ, आफूले मेहनत गरेपछि कसैसँग माग्नु पनि पर्दैन, सजिलै खर्चपानी चलेको छ, बिक्री हुँदैन कि भन्ने चिन्ता पनि छैन”, स्थानीय सीता मुखियाले भने ।     

परियोजनामार्फत अहिले अकबरे खुर्सानीखेती र उखु उत्पादनका लागि क्षेत्र विस्तार गर्दै रुरु क्षेत्रलाई उखु र खुर्सानीको पकेट क्षेत्र बनाउने योजना अघि बढेको कार्यक्रम संयोजक चालिसेले जानकारी दिए । यसबाट गाउँमा प्रत्यक्षरअप्रत्यक्ष रूपमा रोजगार सृजना हुनुका साथै स्थानीयको सीप विकास भइरहेको उनले विश्वास व्यक्त गरे । 

उक्त कार्यक्रमले ग्रामीण कृषिलाई आधुनिक प्रविधि, सीप र सहकार्यको माध्यमबाट उत्पादनमुखी र आम्दानीमुखी बनाउँदै रुरु क्षेत्रलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने परियोजना साझेदार संस्थाका कार्यकारी निर्देशक धातानन्द भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस