१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानप्रति काँग्रेस जिम्मेवार र प्रतिबद्ध’ : गगन थापा

अ+ अ-

धरान(सुनसरी) । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति नेपाली काँग्रेस पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । 

आज धरान उपमहानगर काँग्रेस कार्यसमितिको दोस्रो नगर सम्मेलन तथा वनभोज कार्यक्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म काँग्रेसको नेतृत्वदायी भूमिका रहेको उल्लेख गर्दै संविधानको संरक्षण, परिमार्जन र समयानुकूल संशोधनमा पनि पार्टी अग्रसर हुनुपर्ने बताए। उनले भने, “संविधानलाई समावेशी, न्यायपूर्ण र व्यावहारिक बनाउन आवश्यक परेमा संशोधनको नेतृत्व गर्न काँग्रेस तयार छ ।”

संसद्लाई अहिलेको भन्दा अझ समावेशी बनाउनुका साथै राजनीतिक स्थायित्वका लागि एक दलले स्पष्ट बहुमत ल्याउने प्रणाली निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले दीर्घकालीन समाधानका लागि दलहरूबीच गम्भीर छलफल, चिन्तन र कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए । 

नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै राज्यले सबै धर्म, भाषा र संस्कृतिसँग समान व्यवहार गर्नुपर्ने बताए। संविधानले सबैलाई बराबरी अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले राज्यको नीति त्यसै अनुसार सञ्चालन हुनुपर्ने बताए ।

भिजिट भिसा र सहकारी प्रकरणका सन्दर्भमा उनले तथ्य र प्रमाणको आधारमा जोकोही अनुसन्धानको दायरामा पर्न सक्ने र दोषी प्रमाणित भएमा कानुनी कारबाहीको भागेदार हुनुपर्ने धारणा व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस