काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १६ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलवार प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य भने बढेको छ । प्रतितोला आज चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार चाँदी प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कायम भएको थियो।