छालहरू आउँछन्
छुन्छन्, सिरिङ्ग बनाएर जान्छन्
अनेक तरङ्गहरू
सारङ्गीको तारबाट झन्कार
आए जसरी,
बिस्तारै धिमा हराएर जान्छन्
न धुन बन्छ जीवनको, न सङ्गीत
न गीत बन्छ यो प्रीत
न फुल, अजम्मरी
यसै यसै तरङ्गहरूको छाल
अनि छालहरूको तरङ्गमा
रुमल्लिँदै बग्छ जीवन ।
जिजीविषा अनेकन अनेकन,
हुर्काउँदै झाडी जसरी
छोप्छ एक दिन आफैलाई
अनि हराएर खोज्नु पर्छ “म”
आखिर न फूल रहन्छ, न सुगन्ध
चुडिन्छन सारङ्गीका तारहरू
र सुनिने छैनन् कुनै झन्कार
आखिर हराउने छन यी छालहरू
र यी मधुशालाका तरङ्गहरू….