१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्ट्रियाली पूर्वचान्सलर कुर्ज निर्दोष ठहर

अ+ अ-

भियना । अष्ट्रियाको एक अदालतले सोमबार पूर्व चान्सलर सेबास्टियन कुर्जलाई झुटो बयान दिएको अभियोगमा निर्दोष ठहर गरेको छ ।

कुनै समय युरोपमा सफल युवा (वुन्डरकिन्ड) भनेर चिनिने कुर्जले सन् २०२१ मा चान्सलर पदबाट राजीनामा दिएका थिए । 

उनलाई गत वर्ष संसदीय छानबिनमा झुटो बयान दिएको आरोपमा दोषी ठहर गर्दै आठ महिनाको जेल सजाय सुनाइएको थियो । फैसलाविरूद्ध ३८ वर्षीय कुर्जले आफू निर्दोष रहेको भन्दै अपिल गरेका थिए । 

कुर्जको अपिलमाथि सुनुवाइ भएपछि फैसला सुनाउने क्रममा न्यायाधीशहरूको तीन सदस्यीय समितिले भनेको छ, “सेबेस्टियन कुर्ज निर्दोष ठहर भएका छन् ।”

अदालतमा सुनुवाईका क्रममा आफ्नो बयानमा कुर्जले आफूलाई अवरोध गरिएको र उनलाई दोषी ठहर गर्ने न्यायाधीश पक्षपातपूर्ण भएको तर्क गरेका थिए । 

उनले अदालतती सुनुवाइमा भने, “मेरो लक्ष्य पक्कै पनि संसद्मा केही पनि ढाकछोप गर्नु थिएन ।”

सन् २०१९ मा अति दक्षिणपन्थीसँगको आफ्नो पहिलो गठबन्धन सरकार ढाल्ने व्यापक भ्रष्टाचार काण्डको छानबिन गरिरहेको संसदीय छानबिनलाई गुमराहमा राखेको आरोपमा कुर्जलाई गत वर्ष दोषी ठहर गरिएको थियो ।

अर्को एक मुद्दामा कुर्जमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

कुर्जले आफ्नो छवि उकास्न र अनुकूल मिडिया कभरेजको लागि भुक्तानी गर्न चुनावको लागि सार्वजनिक पैसाको दुरुपयोग गरेको अभियोजकहरूले आशङ्का गरेका छन्।

सन् २०२१ मा राजनीति छोडेपछि कुर्ज धेरै निजी अन्तर्राष्ट्रिय उद्यममा संलग्न छन् । 

सन् २०२३ मा विवादास्पद पेगासस स्पाइवेयर विकास गर्ने इजरायलको ‘एनएसओ ग्रुप’का पूर्व प्रमुखसँग मिलेर स्थापना गरेको ‘ड्रिम साइबर सेक्युरिटी कम्पनी’ मा कुर्ज र अर्का एक उद्यमी पनि सामेल छन् । 

यस वर्षको सुरुमा ड्रिमले आफ्नो कम्पनीको मूल्य १.१ बिलियन अमेरिकी डलर रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस