११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतबाट तराई जोड्ने मूलपानी–भुरीगाउँ सडक शिलान्यास

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसँग तराई जोड्ने छोटो मार्ग मूलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडकअन्तर्गतको पहिलो खण्ड निर्माणका लागि शिलान्यास गरेका छन् । 

सुरुआती विन्दु फलाटे–रानीघाटखण्डको करिब सात किलोमिटर सडकको स्तरोन्नति कार्यका लागि आज उनले शिलान्यास गर्दै उनले यस कार्यले दोस्रो खण्डको जग्गा भोगाधिकार, रूख कटान तथा रानीघाटमा निर्माणाधीन अवस्थामा रहेको पुल बनाउन दबाब पुग्ने बताए । 

मुख्यमन्त्री कँडेलले भने, “कर्णालीका नागरिकले सदियौँदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा नयाँपन थपिने छ । यो सडक विगतमा सिङ्गो कर्णालीले हाट जाँदा प्रयोग गर्ने बाटो हो । यसको पूर्णताले बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई छिनभरमै कर्णालीमा ल्याउन सकिन्छ । जसबाट यहाँको समृद्धिमा ठूलो टेवा पुग्नेछ ।”

सडक निर्माणसम्पन्न गरेर चितवनको देवघाट जस्तै सुर्खेतको रानीघाटलाई धार्मिक क्षेत्रका रूपमा विकास गर्नेगरी प्रदेश सरकार अगाडि बढेको बताउँदै मुख्यमन्त्री कँडेलले तोकिएकै समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे । उनले दोस्रो खण्ड रानीघाट–तेलपानी–भुरीगाउँ खण्डमा जग्गा भोगाधिकार, रूख कटान र रानीघाटस्थित भेरी नदीमा पुल निर्माणका सन्दर्भमा प्रदेश सरकार लागिपरेको जनाए । 

पूर्वाधार विकास निर्देशनालय सुर्खेतले रु ३२ करोड बजेटको स्रोत सुनिश्चित गरी पहिलो खण्डको स्तरोन्नतिसहित कालोपत्र गर्न ठेक्का प्रक्रिया अगाडि बढाएको थियो । कुल रु १० किमी सडकमध्ये सात किमी सडकको स्तरोन्नतिसँगै कालोपत्र गर्न बहुवर्षीय ठेक्काअन्तर्गत निर्माणको काम थालनी भएको छ । 

विसं २०८३ पुस ३० गते सम्पन्न गर्नेगरी रु ३२ करोडको उक्त बजेट घटेर भ्याटसहित रु १८ करोड ५२ लाख २३ हजार ८५१ लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बसना निर्माण सेवा स्युना कालीकोटबीच सम्झौता भई काम अघि बढेको निर्देशनालयका निर्देशक सूर्यबहादुर शाहीले जानकारी दिए । उनका अनुसार मूलपानी–रानीघाट सडकको दूरी १० किमीमध्ये मूलपानीदेखि फलाटेसम्मको तीन किमी सडक भने कालोपत्र गर्ने कार्य सम्पन्न भइसकेको छ । 

आर्थिक वर्ष २०७६/७७ देखि कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राख्दै आएको यो सडकको प्रगति अपेक्षित छैन । उक्त आवदेखि दुई खण्डमा विभाजन गरी निर्माणका लागि ठेक्का गरिएअनुसार पहिलो खण्डअन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मूलपानीबाट रानीघाटसम्म १० किमी सडक स्तरोन्नतिका लागि विसं २०७६ पुस ९ मा पूर्वाधार निर्देशनालय र श्याम एन्ड शंकर निर्माण कम्पनीबीच रु १० करोड २६ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ फागुन ८ गते निर्माणसम्पन्न गर्नुपर्ने समयावधि तोकिए पनि उक्त सडकले अझै पूर्णता पाउन सकेको छैन । 

कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरबाट बर्दियाको भुरीगाउँ जोड्ने सडकको दूरी ५१ किमी छ । यो सडकको निर्माण कार्य सम्पन्न भएमा भुरीगाउँबाट वीरेन्द्रनगर एक घण्टामै पुग्न सकिनेछ ।  

प्रतिक्रिया दिनुहोस