काठमाडौँ । लुम्बिनी प्रदेश सभाको नवौँ बैठक आइतबार १ बजे बस्ने भएको छ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने प्रदेश सभा सचिवालय जनाएको छ ।