९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जन्मजात श्रेष्ठताका आधारमा शासन व्यवस्था प्रणाली स्वीकार्य छैन’-शंकर पोखरेल

अ+ अ-

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले जन्मजात श्रेष्ठताका आधारमा शासन व्यवस्था प्रणाली नेपाली जनतालाई स्वीकार्य नहुने धारणा राखेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा आयोजित समारोहमा उनले पूर्वराजसहित समर्थकहरूले जनताको सम्प्रभुता खोस्ने षड्यन्त्र गरिरहेका बताउँदै गणतन्त्र विरोधी गतिविधि नेपाली जनतालाई स्वीकार्य नहुने बताए ।

राजाको शासन व्यवस्थामा जन्मजात श्रेष्ठतालाई मान्यता दिइए पनि वर्तमान सन्दर्भमा यो प्रणाली स्वीकार्न नसकिने बताउँदै महासचिव पोखरेलले पछिल्ला समयमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू बढिरहेकाले यस विरुद्ध गणतन्त्र पक्षधर सबै एकजुट हुनुपर्नेमा जोड दिए । 

नेपाली काँग्रेस र एमाले नेतृत्वको वर्तमान सरकारले रेलमार्ग, सुरुङमार्गलगायत पूर्वाधार निर्माण र विकासका क्षेत्रमा उपलब्धिमूलक काम गर्दै आएको उनले उल्लेख गरे । “यसअघि पनि एमाले नेतृत्वको सरकारका समयमा मुलुकमा विकास, निर्माणका क्षेत्रमा उल्लेख्य काम भएका थिए”, उनले भने, “सामाजिक सुरक्षा भत्ताको सुरुआतसहित अन्य सामाजिक क्षेत्रमा सकारात्मक र उपलब्धिमूलक काम पार्टी नेतृत्वबाट भएका छन् ।” मुलुक बनाउन युवाहरू जागरूक बन्नुपर्नेमा उनले जोड दिए ।

एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मुलुकमा आर्थिक समृद्धि हासिल गर्न स्थानीय उत्पादनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याए । राष्ट्रको विकास र समृद्धिका लागि युवा जागरूक हुनुपर्ने उनको भनाइ छ ।

संघका अध्यक्ष क्षितिज थेवेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं जनवर्गीय संगठन प्रमुख भानुभक्त ढकाल, राष्ट्रिय युवा संघका इञ्चार्ज राजीव पहारी, संघका पूर्वअध्यक्ष महेश बस्नेतलगायत वक्ताले महाधिवेशनको सफलताको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस