९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा तरबुजा खेती : एक याममा दुई करोडको बिक्री

अ+ अ-

गण्डकी । पोखरा महानगरपालिकाको सहयोगमा पोखरा–१३ र १४ का किसानलाई प्रेरित गर्न कुँडहरमा प्रारम्भ भएको तरबुजा खेतीमा एकीकृत शत्रुजीव व्यवस्थापन (आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ ।

बीउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पुर्‍याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवं स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजा खेती सम्बन्धमा धेरै कुरा सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिए । 

किसानले समूहगत रूपमा १४ रोपनीमा सामूहिक तरबुजा खेती गरेका छन् भने व्यक्तिगत रूपमा पनि ठाउँठाउँमा तरबुजा खेती गरिएको छ । यस वर्ष लगाइएको तरबुजाखेतीले किसानलाई उत्साहित बनाएको तथा खेतीको सम्भावना बढाएको बताउँदै उनले आगामी वर्ष यहाँका धेरै किसानले तरबुजा खेती गर्ने विश्वास व्यक्त गरे । 

महानगरपालिकाकी कृषि प्राविधिक उमा पुनका अनुसार तरबुजा खेतीमा कुल १७ हप्ता समयावधिको पाठशालाका क्रममा प्रत्येक आइतबार यहाँका किसानसँग कृषि प्राविधिकसहित स्थलगत अध्ययन–अनुसन्धान भइरहेको छ । 

आइपिएम कृषक पाठशालामा फलेका तरबुजामध्ये करिब पाँच हजार पाँच सय किलोग्राम तरबुजा बजारमा बिक्रीका लागि लगिसकिएको र बाँकी पनि बजार लैजाने तयारीमा रहेको समूहका अध्यक्ष विश्वराज सापकोटाले जानकारी दिए।

महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा विगतमा सामान्य परीक्षणका रूपमा मात्र गरिएको तरबुजा खेती यस वर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले किसानलाई बीउ र मलचिङमा सहयोग गरेको छ ।महानगरपालिका वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको बताउँदै उनले यस वर्ष पोखरामा करिब चार सय टन (रु दुई करोड बराबर)को तरबुजा उत्पादन भएको जानकारी दिए । महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि ‘स्टिकर’ तयार गरेको उनले जानकारी दिए । पोखरामा तरबुजा खेती एउटा विकल्पका रूपमा प्रमाणित भएको बताउँदै उनले यसले रोजगारी अभिवृद्धिमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

आइपिएममा सरस्वती जातसँगै स्वीट हनी जातको तरबुजा पनि परीक्षण गरिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा र आसपासका क्षेत्रमा सरस्वती जातको तरबुजा उपयुक्त भएको जानकारी दिए। अन्य जातकोभन्दा यो स्वादिष्ट भएको उनको कथन छ ।

प्रतिक्रिया दिनुहोस