काठमाडौँ । काठमाडौँ बालकुमारीस्थित सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले १ सय ६८ थान अवैध मोबाइल फोनसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले दुई जनालाई मंगलवार पक्राउ गरेको हो । पक्राउ परेका जिल्ला नुवाकोट, विदुर नगरपालिका १३ घर भएका हाल काठमाडौं बाफलबस्ने वर्ष २४ को शंखर श्रेष्ठ र भक्तपुर नगरपालिका २ बस्ने वर्ष २३ को कुशल सिलपकार रहेका छन् ।
दुवै जनालाई पक्राउ गरी आवश्यक तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।